मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज दिउसो १ बजे बाणगंगाको बजेट सार्वजनिक हुँदै

आज दिउसो १ बजे बाणगंगाको बजेट सार्वजनिक हुँदै

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०८१ । ८२ को बजेट आज सार्वजनिक गर्ने भएको छ । १५ औँ नगरसभामार्फत् पारित भएको बजेट दिउसो १ बजे मायादेवी रिसोर्ट वैरियामा सार्वजनिक गर्ने भएको हो ।

सामाजिक विकासको मुख्य उद्धेश्य राखिएको बजेटले ब्राण्ड बाणगंगा, विलिभ बाणगंगा नारामा आधारित भएर १ अरब ६२ करोड बराबरको बजेट ल्याउने नगर प्रवक्ता विष्णु पौडेलले बताए ।

पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, विपद् ब्यवस्थापन, पर्यटन लगायतलाई प्राथमिकतामा राखेर बजेट आउन लागेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

चालु आर्थिक बर्षमा भन्दा ५ ७ करोड बढेर बजेट आउन लागेको पौडेलले बताए । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नगर उपप्रमुख रिता थारुले बजेटको किताब पढेर सुनाउने छिन् ।