मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साउदी राजदुतमा कपिलवस्तुका मुसलमान सिफारिस

साउदी राजदुतमा कपिलवस्तुका मुसलमान सिफारिस

अपि टाइम्स

कपिलवस्तु । साउदी अरबको राजदूत कपिलवस्तुको भागमा परेको छ । कानुनमन्त्री पदम गिरीका अनुसार कपिलवस्तुको मायदेवी गाँउपालिका वडा नम्बर २ भैसकुण्डाका अबु सुफियान खान मुसलमानको नाम साउदी अरबका लागि सिफारिस भएको हो ।

राजनैतिक भागवण्डामा राजदूत नियुक्त भएकोमा असोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट मुसलमान सिफारिसमा परेका हुन् । कपिलवस्तु घर भए पनि मुसलमानले काठमाडौँमा ब्यवसाय गर्दै आएका छन् ।

राजदुतमा सिफारिस भएका मुसलमानले साउदी अरबमा रहेका कामदार र नेपाल हजयात्रीका समस्या समाधान गर्नु आफ्नो दायित्व रहेको बताए । कपिलवस्तु दोस्रो मुस्लिम बहुल्यता भएको जिल्ला हो । त्यसैकारण पनि जिल्लाले राजदूत पाएको उक्त पार्टीले जनाएको छ ।

साउदीसंगै रिक्त रहेका ११ मध्ये आठ मुलुक भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, डेनमार्क, मलेसिया र स्पेनमा राजदूत सिफारिसको निर्णय भएको छ ।

सरकारले अझै इजरायल, पोर्चुगल र कतारका लागि राजदूत सिफारिस गर्न बाँकी छ ।