मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संघीय सरकारलाई ढाँटेर मन्त्री अधिकारी बाणगंगाको बजेट सभामा ‘प्रमुख अतिथि’

संघीय सरकारलाई ढाँटेर मन्त्री अधिकारी बाणगंगाको बजेट सभामा ‘प्रमुख अतिथि’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाले १५ औँ नगर सभामार्फत् सोमबार दिउँसो आर्थिक बर्ष २०८१ / ८२ को बजेट सार्वजनिक गर्यो । बजेट सार्वजनिकीकरणका प्रमुख अतिथि थिए संघीय भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी ।

सो दिन नै संघीय सरकारको बजेटमाथि प्रतिनिधि सभामा अन्तिम छलफल थियो भने सम्भव भएसम्म आज नै बजेट पारित गर्ने कार्यक्रम थियो । संघयि सरकारको बजेटमाथिको बाँकी छलफल गरी बजेट पारित गर्ने संसदको कार्यसुचिपछि सरकारले मन्त्रीहरुलाई जिल्लाबाहिरका कार्यक्रममा जान निशेध गरिएको थियो ।

यस्तो अवस्थाका बाबजुत मन्त्री अधिकारी बाणगंगाको बजेट सभामा आएका हुन् । यो कुराको खुलासा अरु कसैले गरेका थिएनन् स्वयम मन्त्री अधिकारीले गरेका थिए । दिउसो १ बजे सुरु गरिएको बाणगंगाको बजेट सार्वजनिक कार्यक्रममा अधिकारी समयमै हाजिर भएका थिए । करिब २५ मिनेट भाषण गरेका मन्त्री अधिकारीले गृहनगरको माया लागेर सरकारलाई ढाँटेर आएको खुलाए ।

उनले भनेका थिए, ‘म आज निकै ब्यस्त छु । संसदमा संघीय सरकारको बजेट छलफल र पारित कार्यक्रम आजै छ । मन्त्रीलाई जिल्ला बाहिर जान निशेध गरिएको छ । म २/३ घण्टापछि आउँछु भनेर सुटुक्क यहाँ आएको छु । लगत्तै म जानु पर्ने हुन्छ । तै पनि केहि कुरा बताउँछु ।’
नभन्दै आफ्नो भाषण सकिएलगत्तै मन्त्री अधिकारी विदा भए । त्यहि २०/२५ मिनेटको समयमा मन्त्री अधिकारीले संघीय सरकारको अहिलेको स्थिति, काम कारबाही र गतिविधि, आफ्नो मन्त्रालयले गरेका काम, संघीय सरकारबाट बाणगंगाले पाएको बजेट, स्थानीय सरकरका प्राथमिकता, आगामी दिनमा संचालन हुन लागेका विकासका कार्यक्रम इत्यादिबारे बताएका थिए ।

उनले बाणगंगामा अहिलेसम्मकै धेरै बजेट आएको दावी गरे । बाहिर कपिलवस्तुले बजेट पाएन भनेर अनावश्यक हल्ला गरेको आफूले सुनेको भन्दै त्यो हल्ला मात्र भएको मन्त्री अधिकारीको जिकिर छ ।

अब कपिलवस्तुमा ठुला ठुला योजना संचालन हुन लागेको समेत उनले बताए । बाणगंगामा ५० शैय्याको ट्रमा सेन्टर संचालन गर्ने, नापी कार्यालय ल्याउने, सुकुम्बासी समस्या समाधानको लागि चाँडै काम थालनी गर्ने कुरा पनि उनले सुनाएका थिए ।