मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आउने साउन या दशैँसम्म नापी र मालपोत बाणगंगामा आउँछः मन्त्री अधिकारी

आउने साउन या दशैँसम्म नापी र मालपोत बाणगंगामा आउँछः मन्त्री अधिकारी

अपि टाइम्स

बाणगंगा । संघीय सरकारका भूमि ब्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले अबको २ महिनासम्म नापी कार्यालय बाणगंगा नगरपालिकामा स्थापना हुने बताएका छन् । बाणगंगा नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को बजेट सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि भएर आएका मन्त्री अधिकारीले आफ्नो सम्बोधनमा यस्तो बताएका हुन् ।

यो धेरै लामोसमयसम्मको आफ्नो प्रयास रहेको बताउँदै मन्त्री अधिकारीले भने, ‘नगरमा मालपोत र नापी कार्यालय ल्याउन पहल थालिसकेको छु । अब कार्यविधि बनाउन बाँकी छ । कार्यविधि बने लगत्तै स्थलगत अवलोकन गर्न टोली आउँछ ।’
उनले थपे ;यो कार्य सकेसम्म साउन महिनाभरमा सक्ने रहेको छ । ढिला भएमा दशैँसम्ममा नापी कार्यालय वाणगंगामा आउँछ ।’ उनले ५० शैय्याको ट्रमा सेन्टर निर्माण गर्न पनि प्रयास भइरहेको उनले बताए । यहाँबाट विदेश रहेर काम गरिरहेका ब्यक्तिहरुले संचालन गरेको एक संस्थासंग आफ्नो कुराकानी भएको बताउँदै काम पनि हुने उनले बताए । तर त्यसको लागि १ /डेढ विघा जग्गा आवश्यक पर्ने भएकाले नगरले सार्वजनिक जग्गा खोज्नुपर्ने उनले बताए ।