मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसईईमा नन्दनगर गुरुकुलमको शतप्रतिशत नतिजा, १२ जनाको ए ग्रेड

एसईईमा नन्दनगर गुरुकुलमको शतप्रतिशत नतिजा, १२ जनाको ए ग्रेड

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठ गुरुकुलमले शतप्रतिशत नतिजा हासिल गरेको छ । एसईईमा सहभागि १९ जना छात्रहरुमध्येमा १२ जना ए ग्रेड र ७ जना बी प्लस ग्रेडमा उर्त्तीण भएका गुरुकुलमका शिक्षक युवराज बेलबासेले जानकारी दिए ।

शतप्रतिशत नतिजाबाट विद्यालय परिवार खुसी भएको र धन्यबाद दिएको प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेलले बताए । गुरुकुलममा कक्षा १२ सम्म संस्कृत र नेपाली भाषामा अध्यापन हुन्छ ।