मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इङ्ल्यान्ड पराजित भएपछि विश्वकप उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने

इङ्ल्यान्ड पराजित भएपछि विश्वकप उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्ने

अपि टाइम्स

काठमाडौं । डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई हराउँदै भारत आइसीसी ट्वान्टी२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले हराउँदै भारत उपाधिनजिक पुगेको हो। भारतले उपाधिका लागि दक्षिण अफ्रिकासँग शनिबार खेल्नेछ।

भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १६।४ ओभरमा अलआउट हुँदै १०३ रन मात्र बनाउन सक्यो।

इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले २५ तथा कप्तान जस बटलरले २३ रन बनाए। जोफ्रा आर्चरले २१ र लियम लिविगंस्टनले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।

बलिङतर्फ भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान तीन लिए। जसप्रित बुमराहले दुई विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो।

भारतका लागि कप्तान रोहित शर्माले ५७ रन बनाए। सुर्यकुमार यादव ४७, हार्दिक पाण्ड्या २३ र रविन्द्र जडेजाले अविजित १७ रन बनाए।

इङ्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए। जोफ्रा आर्चर, रिच टोप्ले, साम करन र आदिल राशिदले समान एक विकेट लिए।