मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राति साढे २ बजे कलभर्टमा कार खसेपछि….

राति साढे २ बजे कलभर्टमा कार खसेपछि….

अपि टाइम्स

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका ६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा कार खस्दा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार शुक्रबार बिहान करिब साढे २ बजे बाप्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खसेर डुबेको थियो।

दुर्घटना भएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले तीन घन्टापछि कार चालकलाई बिहान साढे ५ बजे उद्धार गरेको थियो।

उद्धारपश्चात उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान ५स्४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक कार चालक नागार्जुन नगरपालिका ६ बस्ने खरिबोटका अन्दाजी ४० र ५० वर्षका पूर्ण दर्नाल रहेको एसपी अधिकारीले जानकारी दिए।

कलभर्टमा खसेको कारलाई र्‍याकर, क्रेनको सहायताले स्थानीय र प्रहरीले बिहान ६स्०९ बजे निकालिएको एसपी अधिकारीले जानकारी दिए।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।