मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मदन–आश्रितको हत्यारा पत्ता लगाउने भन्दा ओलीले खोले यस्तो रहस्य

मदन–आश्रितको हत्यारा पत्ता लगाउने भन्दा ओलीले खोले यस्तो रहस्य

अपि टाइम्स

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लाग्ने बताएका छन्।

राष्ट्रिय समाचार समिति ९रासस० लाई अन्तर्वार्ता दिँदै अध्यक्ष ओलीले सत्यहरुलाई शक्तिले लुकाए पनि समयक्रममा बाहिर आउने बताएका हुन्।

‘कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ। सत्यहरुलाई शक्तिले लुकाउँछन् नै तर त्यो प्रयत्न सधैँ सफल हुँदैन। समयक्रममा सत्य त बाहिर आइहाल्छ नै,’ ओलीले भने, ‘समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ। मदन–आश्रितको हत्यारा पत्ता लाग्छ।’

मदन–आश्रितको दासढुङ्गा दुर्घटनामा भएको मृत्युलाई एमालेले सुरुदेखि नै हत्या हो भन्दै आएको छ। एमाले पनि पटक(पटक सरकारको नेतृत्वमा पुग्यो तर त्यसको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन सकेन भनेर मानिसहरु प्रश्न गर्ने गर्छन् भन्ने प्रश्नमा जबाफ दिएका ओलीले भने, ‘जब सत्ता र शक्ति बाधक हुन्छ, कुनै कुनै सत्य प्रकट हुनबाट रोकिन्छ। नेपालमा दुई ठूला घटना मदन–आश्रितको हत्या र दरबार हत्याकाण्डका दोषी अझै पत्ता लागेका छैनन्। यसको रहस्य पनि खुल्छ कुनै दिन।’

दासढुङ्गा दुर्घटना पनि त्यस्तै रहस्यकै गर्भमा रहेको उनले बताए।

‘तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानबिन आयोगसमेत गठन गर्न मानेन। छानबिनको माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो। हामीले तत्कालै छानबिन आयोगको माग गर्यौं। अहिले कस्ताकस्ता कुरामा पनि छानबिन आयोग या समिति गठन गर्ने गरिएको छ, यहाँहरुले पनि देख्नुभएकै छ तर त्यस्तो घटनामा छानबिनका लागि समिति गठन भएन,’ अध्यक्ष ओलीले भने।

दासढुङ्गा घटनामा गाडी नदीमा पुगेको र नेताहरु डुबे पनि चालक सकुसल बाँचेको अवस्था रहेको उनले बताए।

‘पछि त्यही चालक चितवन पुगेर आत्मसमर्पण गरेको हुन्छ। यस प्रसङ्गमा विभिन्न विद्रोहका घटनामा जोडिएका नेपाली कांग्रेसका उमेश गिरीले पनि अहिले उक्त दासढुङ्गा घटनामा सम्बन्धमा अभिव्यक्ति दिएका छन्, त्यसलाई पनि हेर्नुपर्ने र मनन् गर्नुपर्ने अवस्था छ,’ ओलीले भने, ‘हामीले अनेक बाधा र व्यवधानका बीच पार्टीका तर्फबाट मेरो नेतृत्वमा छानबिन समितिको प्रतिवेदन तयार गरेर पार्टीका तत्कालीन महासचिव माधवकुमार नेपाललाई दिएका पनि थियौँ। त्यो प्रतिवेदन उहाँले सार्वजनिक नै गर्नुभएन पछि मैले नै त्यो प्रतिवेदनको सार सार्वजनिक गरेको थिएँ। पार्टीले त्यसबेला प्रतिवेदन सार्वजनिक गरेन र अहिले त्यो प्रतिवेदन उपलब्ध पनि छैन।’

२०५० साल जेठ ३ गते तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रित चढेको जिप दासढुंगाबाट नारायणी नदीमा खसेको थियो। दुवै नेताहरूको शव फेला परे पनि दुर्घटनाको कारण भने अहिलेसम्म रहस्यमै छ।