मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीपकराज लेख्छन् ‘आँखै खाने मुस्कान, निडर यस्तो हेराई भन कल्ले भर्दियो ?

दीपकराज लेख्छन् ‘आँखै खाने मुस्कान, निडर यस्तो हेराई भन कल्ले भर्दियो ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । सोमबार सामाजिक संजालमा एउटा तस्विर भाइरल बन्यो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई बबरमहलस्थित सरकारी वकिल कार्यालयमा पुर्याइएको थियो ।

उनी सेतो सर्ट, चेक कोट , ढाका टोपी र निलो जिन्स पाइन्टमा सजिएको रुपमा प्रहरीको घेराभित्र देखिन्थे । प्रहरीले पक्राउपुर्जि जारी गरेको १० दिनपछि बल्ल उनी पक्राउ परेका थिए । प्रहरीले उनको घरमा छापा पनि मार्यो भने सम्पर्कमा नआएर फरार भएपछि उनको खोजिमा सिआइबीको टोली देशभर परिचालन गर्यो । कतिले उनलाई एमालेले नै संरक्षणमा राखेको आरोप पनि लगाएका थिए ।

आइतबार राति आठ बजेको समयमा उनी पक्राउ परे । भोलिपल्ट उनलाई म्याद थपको लागि सरकारी वकिलको कार्यालयमा लगिएको थियो । धेरैले उनी कस्तो अवस्थामा होलान्, कसो गरे होलान् ? इत्यादि जिज्ञासा पालेर बसेका थिए । यही बीच सोमबार टोप बहादुरलाई प्रहरी घेराभित्र हेर्दा भने उनले कुनै ग्लानी र गल्ती गरेको अनुभूति नगरेको मुद्रामा देखियो । उनी प्रहरीको गाडीबाट झरेर सरकारी वकिलको कार्यालयमा जाँदै गर्दा मुस्कुराए । हात हल्लाए । पत्रकारलाई अभिबादन गरे अनि भित्र छिरे ।

उनको यही प्रकृतिको तस्विर भाइरल नै बन्यो भने मिडियाका हेडलाइन नै बने । कतिपयले उनले ठुलै प्रतियोगिता जितेर आएको जस्तो ओभर स्मार्ट र आत्मविशवासमा रहेका टोप बहादुर भनी ब्यङ्ग्य गरे भने कतिपयले उनको आत्मविश्वासलाई चाहिँ मान्नै पर्छ भनेर सामाजिक संजालमा लेखे ।

यसैबीच सामाजिक संजालमा निकै सक्रिय कलाकार दीपकराज गिरीले पनि टोप बहादुरको आत्मविश्विश्वासको तारिफ गर्दै ब्यङ्ग्य लेखेका छन् । प्रकाश सपुतको सकम्बरी गीतको स्मरण गर्दै टोप बहादुरको त्यो फोटोबारे उनले लेखेका थिए, ‘यो हो नि कन्फिडेन्स !!! यत्तिका दिन किन गायब भन्या होइन ?हो यहि मुश्कान लिन गाको, तर ऑखै खाने मुश्कान , निडर यस्तो हेराइ भन कस्ले भर्दियो ? फूलमाया‘. लौ म त गीत पो गॉउन थालेछू! !’