मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा र ओलीबीच भएको दुई घण्टे बालकोट भेटले तरंग

देउवा र ओलीबीच भएको दुई घण्टे बालकोट भेटले तरंग

अपि टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न देउवा पत्नी आरजुसहित शनिबार दिउँसो साढे ३ बजे बालकोट पुगेका थिए । उनीहरुबीच करिब सवा दुई घण्टा कुराकानी भएको नेताहरु निकट स्रोतले जानकारी दिएको छ ।

उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय खुलेको छैन । यद्यपि दुई ठूला दलहरुबीच संवाद सुरु भएको अर्थमा बुझ्नुपर्ने नेताहरुले बताएका छन् ।

कतिपयले यसलाई नयाँ सत्ता समिकरणको सुरुवात हुन सक्ने अनुमानको रुपमा लिएका छन् । उनीहरुको भेट लगत्तै माओवादी लगायतका नेतामा तरंग सिर्जना गरेको बताइन्छ । वर्तमान प्रचण्ड सरकारसंग एमाले असन्तुष्ट रहेको छ भन्ने कुरा बजेटबाटै प्रष्ट छ । यस्तो अवस्थामा देउवा बालकोटमै पुगि लामो भेट गरेपछि अर्थपूर्ण रुपमा लिइएको हो ।