मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माउण्ट एभरेष्टले गर्यो ब्रिजकोर्ष पढेका एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

माउण्ट एभरेष्टले गर्यो ब्रिजकोर्ष पढेका एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

अपि टाइम्स

जितपुर । बाणगंगा नगरपालिकास्थित माउण्ट एभरेष्ट इङ्लिश एजुकेश्नल जोनले ब्रिजकोर्ष पढेका एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ । मायादेवी रिसोर्टमा एक कार्यक्रमको आयोजना गर्दै एसईई उत्तीर्ण गरेका ६५ बढी विद्यार्थीलाई सम्मान गरेको हो ।

संस्थाका प्रबन्ध निर्देशक माधव बञ्जाडे र सोनु पौडेलले टिका र खादा लगाएर विद्यार्थीलाई सम्मान गरेका थिए ।
सम्मान प्रदान गर्दै बञ्जाडेले एसईईमा प्राप्त गरेको जिपिएले भोलिको दिन निर्धारण नगर्ने भन्दै आगामी दिन राम्रो गराउन अध्ययन र मिहिनेतमै जोड दिनुपर्ने बताए ।

सम्मान ग्रहण गर्दै विद्यार्थीहरुले माउण्ट एभरेष्टले उच्च शिक्षाको लागि आफूहरुलाई राम्रो मार्ग निर्देशन गरेको बताए ।
संस्थाबाट आफूहरु सन्तुष्ट रहेको उल्लेख गर्दै ब्रिजकोर्षमा दिएको मागए र ज्ञान सदैव स्मरणीय रहेको विद्यार्थी बताउँछन् ।

माउण्ट एभरेष्ट जिल्लामा पहिलोपटक ब्रिज कोर्ष संचालन गर्ने सस्था हो । यहाँ अहिले कोरियन, जापनिज भाषाका साथै लोक सेवा तयारी, आइएलटिएस, पिटिई र कम्युटर शिक्षाको अध्ययन हुन्छ ।