जितपुर । लायन्स क्लब अफ कपिलबस्तुलाई हाँक्ने जिम्मा अब समाजसेवी नवदत्त घिमिरेको काँधमा आएको छ । क्लवको सातौ पदहस्तान्तरण कार्यक्रममार्फत् लायन बर्ष २०२३ / २४ का अध्यक्ष ओमप्रकाश घिमिरेले नवदत्त घिमिरेलाई बर्ष २०२४ /२५ को लागि अध्यक्षको पदभार सुम्पेपछि घिमिरे नेतृत्वले अब क्लवलाई अघि बढाउने छ ।
पदभार ग्रहण गर्दै घिमिरेले स्थानीय सरकार, यहाँका बिभिन्न संघसंस्थासंग समन्वय गरेर अघि बढ्न बताए । कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव र बिभिन्न संघसंस्थामा आवद्ध रहेका घिमिरेले सबैबाट सहयोग पाउने कार्यक्रममार्फत् विश्वास गरेका थिए । उनी सन् २०१७ सालबाट क्लवमा आवद्ध रहेका हुन् ।
कार्यक्रममा उपस्थित सबैले घिमिरेलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए । यसैबीच पद हस्तान्तरण कार्यक्रमका प्रमुख अथिति बिष्णु पन्थीले लायन्सको क्लवबाट आफू प्रभावित रहेको भन्दै घिमिरे नेतृत्वले आगामी दिनमा अझै राम्रो काम गर्ने बताए ।
लायन्सका डिस्ट्रिक गर्भनर अर्जुन मान सैजुले कपिलवस्तु देशभरकै क्लवमध्ये उत्कृष्ट क्लव रहेको भन्दै प्रसंसा गरे । कपिलवस्तु हरेक बर्ष उत्कृष्ट क्लवको रुपमा दर्ज भएको भन्दै डिस्ट्रिककले पनि कपिलवस्तुलाई विशेष रुपमा हेर्ने उनले बताए । कार्यक्रमा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल, लायन्सका डिस्ट्रिक, जोन र एरियामा रहेका बिभिन्न ब्यक्ति, पुर्व अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।
यसैबीच भर्खरै निवर्तमान भएका ओमप्रकाश घिमिरेले लायन्स अफ दि इअरको सम्मान सचिव राम प्रसाद भुसाललाई प्रदान गरेका छन् । आफ्नो कार्यकाल सफल बनाउन सबै लायन्सहरुमध्ये सचिव भुसालको भूमिका अझै महत्वपूर्ण रहेको भन्दै घिमिरेले भुसाललाई सम्मान प्रदान गरेका हुन् । घिमिरेले आफूलाई सहयोग गर्ने सबैलाई अवार्डबाट सम्मानित गरेका थिए ।
घिमिरेको १ बर्षे कार्यकालमा क्लवले सामाजिक र मानवीय हिसाबले २ सय बढी काम गरेको कार्यक्रममार्फत् जानकारी गराइएको थियो । त्यसै कारण घिमिरे उत्कृष्ट अध्यक्ष बन्न सफल रहेका थिए भने २४ । २५ मा मुलुकका उत्कृष्ट १० क्लवमा कपिलवस्तु परेको थियो । ओम प्रकास घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा वर्ष २३/२४ का प्रथम उपाध्यक्ष नबदत्त घिमिरेको स्वागत, लायन सागर घिमिरेको संयोजन रहेको कार्यक्रमको राम प्रसाद भुसाल र दामोदर पन्थीले संचालन गरेका थिए ।
प्रतिक्रिया