मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टलक्क टल्कने टुवोर्गको बोत्तलभित्र किराजस्तो वस्तु, एरिया इन्चार्जले लुकाए ‘कर्तुत’

टलक्क टल्कने टुवोर्गको बोत्तलभित्र किराजस्तो वस्तु, एरिया इन्चार्जले लुकाए ‘कर्तुत’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

जितपुर । कपिलवस्तुको बाणगंगामा टुबोर्ग वियरको सिल बोतलभित्र अनौठो चिज फेला परेको छ । बाहिरबाट हेर्दा उक्त चिज किराजस्तो देखिन्छ । तर त्यो किरा हो कि अरु कुनै वस्तु हो ? निक्यौल भने हुन सकेको छैन । मुलुककै चर्चित ब्राण्ड टुबोर्गको वियरको बोतलभित्र यस्तो अनौठो चिज भेटिएपछि उपभोक्ताहरु त्रसित भएका छन् ।

वडा नम्बर ८ बोडगाउँको एक होटलमा एक ग्राहकले शुक्रबार दिउसो बियर माग गरे । होटल संचालकले पनि फ्रिजबाट टलक्क टल्कने नयाँ बोत्तल टेवलमा राखिदिए । गर्मीले अत्तलिएका ग्राहकले छिटोछिटो गरी बोत्तल के खोल्ने प्रयास गरेका थिए, त्यहाँ बोतलको फेदीमा अचानक शंकास्पद वस्तु देखियो । ती ग्राकलाई सुरुमा त्यस्तो लागेन तर नजिकबाट नियालेर हेर्दा उक्त वस्तु ठुलै देखियो । बोतल ओल्टाई पल्टाई हेर्दा कतिखेर भने किराजस्तै देखिन्थ्यो ।

त्यसपछि उनलाई लाग्यो त्यो त कम्पनीको गम्भीर लापरबाही हो, यसबारे मिडियालाई जानकारी दिनुपर्दछ । त्यसपछि ती ग्राकहले अपिटाईम्सलाई फोन गरी बोलाए । त्यहाँ पुगेर हेर्दा बोतलभित्र साँच्चिकै शंकास्पद वस्तु थियो । त्यो वस्तु किरा या अरु के हो निक्र्यौल हुन सकेन तर जे भए पनि कम्पनीले गम्भीर लापरबाही गरेको भन्ने सजिलै पुष्टि हुन्छ । बोत्तलको भिडिओ खिचेपछि होटल मालिकले बोत्तल सुरक्षिर राखे । उनले कम्पनीलाई यसबारे जानकारी दिनेसमेत बताए ।

उसो त मदिरा आफैमा स्वास्थ्यलाई हानी गर्ने चिज हो, त्यहिमाथि यसरी अखाद्ध्य र शंकास्पद वस्तु नै फेला परेपछि यसले उपभोक्ताको स्वास्थ्यमा अर्को असर गर्ने उपभोक्ताहरु बताउँछन् । ती ग्राहकले पनि बोत्तलमा ध्यान नै नदिई खाएको भए आफूलाई जे पनि हुन सक्ने भन्दै यस्तो लापरबाही नगर्न कम्पनीलाई चेतावनी दिए । उपभोक्ताको यो कुरा सुनेपछि अपिटाइम्सले एरिया इन्चार्जलाई तुरुन्तै होटलमा बोलायो ।

उनलाई उक्त बोतलमा रहेको बस्तुबारेको भिडियो नै देखाइयो । एरिया इन्चार्ज मधु कुमार शाहले पनि शंकास्पद वस्तु रहेको स्वीकार गरे तर उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशिल र जिम्मेवार रहेको जवाफ दिन भने उनले सकेनन् । ‘उत्पादन र प्याकेजिङको बेला कहिलेकाहिँ यस्तो भइहाल्छ नि’ भनेर ती एरिया इन्चार्जले कम्पनीको बचाउ गरेका छन् ।

सो दिन गैर जिम्मेवार बनेका उनले अर्कोपटक फोन गरेर घटनाबारे बुझ्दा सल्टेको बताए । उनले भने, ‘घटना सल्टिसक्यो, ‘यसबारे म धेरै बोलिनँ ।’ शुक्रबार नै के रहेछ भनेर हेर्न नमिल्ने जनाएका उनले होटलबाट बोत्तल सुटुक्क लगेर वस्तु निकालेको उनको जवाफबाट पाइयो । के रहेछ भनेर पटकपटक सोध्दा उनले वस्तुको नाम भनेनन्, यसबाट पुष्टि हुन्छ बोत्तलभित्र अखाद्ध र उपभोक्ताको स्वास्थ्यमा हानी गर्ने वस्तु थियो, किनकि उनीहरुले छलेर सो बोत्तल गायब पारेका हुन् ।

उनले कहाँ लगेर बोत्तल खोले त्यो भने थाहा भएको छैन । होटल संचालकले पनि शाहले बोत्तल लगेर गएको बताउँदा अरु थाहा नभएको बताए । बोत्तल लैजाने विषयमा एरिया इन्चार्जले कसैसंग छलफल गरेनन् । यसबाट पनि वियरमा अखाद्ध वस्तु थियो नै भन्ने प्रमाणित हुन्छ ।

केहि समयअघि पेयपदार्थमा अखाद्य वस्तु भेटिएपछि काठमाडौँ महानगरपालिकाले वडा ३२ स्थित पेप्सीकोलामा रहेको वरुण वेभरेजलाई रु दुई लाख जरिवाना गरेको थियो ।

बजार अनुगमनका क्रममा ढुसी परेको पेयपदार्थ (स्लाइस) फेला परेपछि उक्त उत्पादक कम्पनीलाई कारबाही स्वरुप रु दुई लाख जरिवाना गरिएको थियो । र बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा ९ अनुसार कारबाही गरिएको बताइएको थियो ।

उपभोक्ता संरक्षण ऐन २०७५ ले पनि यसरी अखाद्ध या शंकास्पद वस्तु भेटिए नीरिक्षण गर्ने ब्यवस्था गरेको छ । नीरिक्षण अधिकृतले दफा ३३ को उपदफा (३) अनुसार तयसरी भेटिएको शंसंकास्पद वस्तु नीरिक्षण अधिकृतले नेपाल सरकारले मान्यता दिएको प्रयोगशालामा लगेर सडेको, गलेको, मिसिएको या अन्य भए जरिवाना र कानुनको ब्यवस्था गरेको छ ।

ती एरिया इन्चार्जले सम्बन्धित निकायबाट नमुना परीक्षणको मौका नदिएर पटकपटक विषय सल्टेको बताए पनि अपिटाइम्ससंग भिडिओ भने सुरक्षित छ ।

एरिया इन्चार्ज शाहले अपिटाइम्सलाई सुचना दिने उपभोक्तालाई ‘एक कार्टुन वियर दिन्छु’ भनेरसमेत प्रभावित गर्न खोजेका थिए । मिडियासंग पनि गैर जिम्मेवार बनेका उनले पछि छलेर बोत्तल गायब पारेका हुन् ।