मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नवप्रभात वनको एक हप्ते उद्घोषण तालिमः २ दिनमै सहभागिमा परिवर्तन

नवप्रभात वनको एक हप्ते उद्घोषण तालिमः २ दिनमै सहभागिमा परिवर्तन

अपि टाइम्स

कपिलवस्तु । नव प्रभात सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ८ ले आयोजना गरेको एक हप्ते उद्घोषण, भाषण तथा क्षमता विकास तालिम निकै प्रभावकारी बन्दै गएको छ ।

सामुदायिक रेडियो मायादेवीको प्राविधिक सहयोगमा भएको तालिममा समुहका पदाधिकारी/ सदस्य, सल्लाहाकार, लेखा समिति सदस्य, टोल समिति र संघसंस्थामा आवद्ध ५० बढी ब्यक्तिहरु सहभागि छन् । सोमबार सुरु भएको तालिम मंगलबार पनि भयो ।

मंगलबार तालिममा सहभागिले २ दिनमै बोल्ने कलामा निकै परिवर्तन आएको सुनाएका छन् । पहिलो दिन र दोश्रो दिन सैद्धान्तिक कुराहरु सिकी अभ्यासमा उत्रेका सहभागीले अहिलेसम्म मंचमा जान निकै डर लाग्नेमा २ दिनमै डर हटेको प्रतिक्रिया दिए ।

सोमबार करिब १ दर्जन ब्यक्तिले आफ्नो छोटो अनुभव सुनाएका थिए । त्यसमा अधिकांस मंच नटेकेका र धेरै मान्छेको अघि नबोलेका ब्यक्ति थिए ती सबैले बोल्न अघि सर्नुपर्ने रहेछ भन्दै परिवर्तन आफूहरुमा परिवर्तन आएको सुनाएका थिए ।

तालिमका प्रमुख प्रशिक्षकको रुपमा सामुदायिक रेडियो मायादेवीका कार्यकारी निर्देशक चन्द्रकान्त न्यौपाने रहेका छन् भने स्टेसन म्यानेजर हरि घिमिरेले सहजिकरण गरिरहेका छन् । असार २२ गतेसम्म हुने तालिममा भाषणकला, उद्घोषण र क्षमता विकासबारे न्यौपानेले प्रशिक्षण दिईरहेका छन् । कार्यक्रमको उद्घाटन सोमबार वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष शैलेन्द्र बेलबासेले गरेका थिए ।

सोमबार बोल्न नपाएका सहभागिले वनले निकै राम्रो कार्यक्रमको आयोजना गरेको भनेर अधयक्ष डिल्लीराज रेग्मी, पदाधिकारी लगायत सबैलाईलाई धन्यबाद दिए । प्रशिक्षक न्यौपानेको सिकाउने निकै सरल शैली र कलाले प्रभावित भएको सहभागिले बताए ।