मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी मनाइँदै

आज गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी मनाइँदै

अपि टाइम्स

काठमाण्डौ । नेपालमा माओवादी द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले कार्यक्रम गरी उहाँको एक सयऔँ जन्मजयन्ती मनाउँदै छन् । यस अवसरमा कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज पार्टी केन्द्रीय कार्यालयमा क्रान्तिदेखि शान्तिसम्मु विषयक तस्बिर प्रदर्शनी गर्दैछ ।

प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाको जीवनीका तस्बिर राखिने र विमर्श कार्यक्रमसमेत गरिने पार्टीले जनाएको छ । १९८१ साल असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट उहाँको जन्म भएको थियो । २००४ सालमा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति हुनुभएको थियो । उनी कांग्रेसको पाँचौँ सभापति बनेका थिए ।