मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महामन्त्रीबाट मुकुल ढकाल सात दिनका लागि निलम्बन

महामन्त्रीबाट मुकुल ढकाल सात दिनका लागि निलम्बन

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा मुकुल ढकाललाई सात दिनको लागि पदबाट निम्बलन गरेको छ। बुधबार बसेको केन्द्रीय समितिको बैठकले डा। ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य शिशिर खनालले जानकारी दिए।

केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ।

बुधबार नै डा ढकाललाई निलम्बनको पत्र थमाइएको छ। पत्रमा बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको बताइएको छ।

यसैबीच महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौका समेत नदिएको गुनासो गरेका छन्। राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कारबाही नभएको बताएका छन्।

यसअघि पार्टी उपसभापति डिपी अर्याल (डोलप्रसाद) ले ढकाललाई महामन्त्री स्वीकार्न नसकिने बताएका थिए। ढकालको प्रतिवेदनका आधारमा नभइ उनले अस्वाभाविक गतिविधि गरेकामा कारबाहीको भागी हुने अर्यालले टिप्पणी गरेका थिए।

बुधबार महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए।