मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमबिएस दोश्रो सेमेस्टरमा सिद्धार्थकी सपना भण्डारी नेपाल द्धितीय

एमबिएस दोश्रो सेमेस्टरमा सिद्धार्थकी सपना भण्डारी नेपाल द्धितीय

अपि टाइम्स

जितपुर । त्रिभुवन विश्व विद्यालयद्धारा प्रकाशित एमबीएस दोश्रो सेमेस्टरको नतिजामा कपिलवस्तुले मुलुकमै दोश्रो स्थान हासिल गरेको छ ।

बाणगंगा नगरपालिकास्थित सिद्धार्थ क्याम्पस बुङ्चीमा अध्ययनरत सपना भण्डारीले ३ दशमलव ९२ जिपिए हासिल गरी नेपाल द्धितीय भएकी हुन् । यो नतिजा लुम्बिनी प्रदेशमा भने प्रथम नै रहेको क्याम्पसले जनाएको छ । भण्डारीले यसअघि पनि प्रदेशमा उत्कृष्ट स्थान हासिल गर्दै आएकी थिइन् ।

यस्तै क्याम्पसकी सरस्वती भट्टराईले ३ दशमलव ८५ जिपिए हासिल गरी जिल्ला द्धितीय र ३ दशमलव ७३ जिपिए हासिल गरी सुस्मिता थापाले तृतीय स्थान हासिल गरेको क्याम्पस प्रमुख बेदराज अर्यालले बताए । मुलुकमै उत्कृष्ट जिपिए हासिल गरी क्याम्पसको नाम राख्न सफल भएकोमा क्याम्पसका अध्यक्ष डम्बर शर्माले पनि बधाई दिएका छन् ।