मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनी प्रदेशका यी बाटाघाटा अवरुद्ध छन्, बुझेर मात्रा यात्रा गर्नू

लुम्बिनी प्रदेशका यी बाटाघाटा अवरुद्ध छन्, बुझेर मात्रा यात्रा गर्नू

अपि टाइम्स

काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक बन्द रहेका छन् । सडक विभाग र नेपाल प्रहरीका अनुसार लुम्बिनी प्रदेशका बिभिन्न राजमार्गहरु पनि अवरुद्ध भएका छन् ।

पूर्व पश्चिम राजमार्गको बुटवल–नारायणगढ सडकमा हिलो र लेदोले गाडी चल्न समस्या भएको छ । यस्तै पाल्पा गुल्मी सडक पुरै बन्द छ भने गोरुसिङे–सन्धीखर्क सडक एकतर्फी खुलेको छ ।

अर्घाखाँची गोरुसिंगे पनि अवरुद्ध भएकोमा एकतर्फीमात्र खुलेको छ । सिद्धार्थ राजमार्गको भैरहवा–पोखरा खण्डमा पनि ठाउँ–ठाउँमा पहिरो जाँदा गाडी रोकिने र चल्ने भइरहेको छ ।

भालुबाङ–प्यूठान सडक पनि बन्द हुने र खुल्ने भइरहेको छ । कालीगण्डकी करिडोरको गुल्मी र बाग्लुङ खण्ड बन्द नै छ ।
रोल्पामा सहीद मार्ग बन्द रहेको छ । कालिकोटका विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग बन्द छ ।
यस्तै मुलुकका अन्य स्थानमा पनि बाढी र पहिरोले बाटाघाटा अवरुद्ध बनेका समाचार छ ।

मनाङमा पहिरो जाँदा बेसिशहर चामे सडक बन्द भएको छ । बेनीबाट मुस्ताङको जोमसोम जाने सडक पनि बन्द छ । यस्तै म्याग्दीको बेनी–दरबाङ सडक पनि अवरुद्ध छ ।

कालिगण्डकी करिडोरको नवलपरासीको गैँडाकोट–३ मा पहिरो गएर सडकमा गाडी चलेका छैनन । ठाउँ–ठाउँको पहिरोका कारण बझाङको जयपृथ्वी नगरपालिका–७ मा पहिरो जाँदा जयपृथ्वी राजमार्ग बन्द रहेको छ । देशका धेरैजसो सडकमा बाढी पहिरोको प्रभाव रहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

ललितपुरको बाग्मती गाउँपालिकामा पहिरो जाँदा कान्ति लोकपथ बन्द भएको छ । यस्तै पूर्वको भेँडेटार–रवि–राँके सडक पनि बन्द छ । सङ्खुुवासभाको मकालु गाउँपालिका र भोटखोलामा पहिरो जाँदा कोशी राजमार्ग बन्द भएको छ ।

खोटाङको हलेसी तुवाचुङमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । रसुवाको आमाछोदिङमोमा पहिरो जाँदा स्याफ्रुबेसी–थाम्बुचेत सडक अझै १० दिन नखुल्ने भएको छ ।