मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुम्बईमाथि लखनउको ५ रनको जित, प्लेफ थप रोमाञ्चक बन्दै

मुम्बईमाथि लखनउको ५ रनको जित, प्लेफ थप रोमाञ्चक बन्दै

अपि टाइम्स

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा मुम्बई इन्डियन्समाथि रोमान्चक जित दर्ता गरेको छ ।

घरेलु मैदान ऐकना स्टेडियममा लखनउले आइपीएल २०२३ को ६३ औं खेलमा पाँच रनको रोमान्चक जित दर्ता गरेको हो ।

लखनउले जितका लागि दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनायो ।

मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशन ३९ बलमा ८ चौका र १ छक्कासहित ५९ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीको हार टार्न सकेनन् ।

मुम्बईलाई ओपनरद्वय रोहित शर्मा र ईशानले पहिलो विकेटका लागि ५८ बलमा ९० रनको साझेदोरी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । कप्तान शर्मा २५ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए ।

मुम्बईलाई अन्तिम ओभरमा जितको लागि ११ रन चाहिँएको थियो । युवा तीव्र गतिका बलर मोहसिन खानले क्यामरन ग्रीन र टिम डेविडलाई मात्रै पाँच रन दिएपछि लखनउले रोमान्चक जित हात पारेको हो ।

ःबथ दभ बल ष्mबनभ या द्द उभयउभि बलम तभहत

डेविड १९ बलमा १ चौका र ३ छक्कासहित ३२ रनमा अविजित रहे । नेहाल वधेराले २० बलमा २ चौकाको सहयोगमा १६ रन बनाए ।

लखनउका लागि रवि विश्रोई र यश ठाकुरले समान २र२ तथा मोहसिन खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

लखनउका लागि मार्कस स्टोईनिसले ४७ बलमा ४ चौका र ८ छक्काको सहयोगमा अविजित ८९ रनको अर्धशतकीय ईनिङ्स खेले ।

३५ रनमा ३ विकेट गुमाएर राम्रो सुरुआत गर्न नसकेको लखनउका लागि चौथो विकेटका लागि स्टोईनिस तथा कप्तान कुर्नाल पान्ड्याले ८२ रनको महत्वपुर्ण साझेदारी गरे ।

कप्तान पान्ड्याले ४२ बलमा १ चौका र १ छक्काको सहयोगमा ४९ रनमा रिटायर्ट हर्ट आउट भए । ओपनर क्विटन डि ककले १५ बलमा १६ रन बनाए ।

मुम्बईका लागि जेसन बेहरेनड्रर्फले २ तथा पीयुष चावलाले १ विकेट लिए ।

जितसँगै तेह्र खेलमा सात जित र पाँच हारका १५ अंक सहित १० टोली सहभागी लिगमा लखनउ तेस्रो स्थानमा उक्लिएको छ ।

यस खेलमा जित हात पारेको लखनउको प्लेअफ प्रवेशको सम्भावनालाई बलियो भएको छ ।

मुम्बई तेह्र खेलमा सात जित र छ हारका साथ मुम्बई अंक तालिकाको चौथो स्थानमा झरेको छ ।

हारका बाबजुत पनि मुम्बईको प्लेअफ सम्भावना बलियो नै रहेको छ ।