मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डुबानमा लुम्बिनी प्रदेश मन्त्रालयहरू, एक फिटसम्म पानी

डुबानमा लुम्बिनी प्रदेश मन्त्रालयहरू, एक फिटसम्म पानी

अपि टाइम्स

देउखुरी । अविरलको वर्षाले दाङ देउखुरीस्थित लुम्बिनी प्रदेश सरकारका केही मन्त्रालयहरू डुबानमा परेका छन् । शुक्रबार साँझदेखि परेको पानी देउखुरीभित्र रहेका मन्त्रालयहरू डुबानमा परेको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले बताए ।

उनले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयभित्र पानी पसेको जानकारी दिए । ती मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताए ।

प्रदेश सभा र मन्त्रालयहरू एउटै कम्पाउन्डभित्र रहेका छन् । केही क्षेत्रमा कन्स्ट्रक्सनको काम भइरहेकोले पनि पानी पसेको बताइएको छ ।

दाङमा गत रातिदेखि परेको भीषण वर्षा भइरहेको छ । लगातारको वर्षाका कारण दाङको देउखुरीका बस्ती डुबानमा परेका छन् । सुरक्षा निकायहरूले उच्च जोखिममा परेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न थालेका हुन् ।