मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणी नदीले छुनै थाल्यो पुल, १६ वर्षयताकै उच्च बहाव

नारायणी नदीले छुनै थाल्यो पुल, १६ वर्षयताकै उच्च बहाव

अपि टाइम्स

नवलपरासी । नारायणी नदीमा १६ वर्षयताकै सबैभन्दा धेरै पानी बगेको छ । आज बिहान ६ बजे चार लाख ३६ हजार क्युसेक पानीको बहाव मापन भएको छ । २०६५ साल ९सन् २००८० मा नारायणी नदीमा चार लाख २९ हजार क्युसेक पानी बगेको थियो ।

त्यसबेला नारायणीको बाढीले त्रिवेणीको ठठिया खोलानजिक बांध बगाएर गाउँमा पसेको थियो । नदीमा भइरहेको उच्च बहाव जोखिमपूर्ण अवस्थामा पुगेपछि त्रिवेणी ब्यारेजको सबै ३६ वटा ढोका खोलेर पानी बगाइएको छ ।

यस वर्ष मनसुन शुरू भएपछि नारायणी नदीमा पहिलो पटक पानीको बहाव चार लाख क्युसेक नाघेको हो । हिजो दिउँसो १२ बजे एक लाख ६१ हजार क्युसेक र दिउँसो २ बजे दुई लाख १८ हजार क्युसेक पुगेको थियो । बाढीका कारण नारायणी नदीको तल्लो तटीय क्षेत्र जोखिममा छ । सुस्ता गाउँपालिकाको वडा–३, ४ र ५ का स्थानीय बासिन्दा धेरै जोखिममा छन् ।