मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यूरोडको फुटपाथ विस्तार अघि बढ्ने, उच्च अदालत पाटनको यस्तो आदेश

न्यूरोडको फुटपाथ विस्तार अघि बढ्ने, उच्च अदालत पाटनको यस्तो आदेश

अपि टाइम्स

काठमाडौँ — काठमाडौं महानगरपालिकाले न्यूरोडको फुटपाथ विस्तारको काम निरन्तर गर्न पाउने भएको छ । उच्च अदालत पाटनले आइतबार आदेश जारी गर्दै काठमाडौं महानगरको मागबमोजिम फुटपाथ विस्तार गर्न बाटो खुलेको हो ।

अदालतका न्यायाधीद्वय धुव्रराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाको पक्षमा आदेश दिएको हो ।

महानगरले फुटपाथ विस्तारका लागि न्यूरोडको कालोपत्र काटेपछि सडक डिभिजन, काठमाडौंले आफ्नो क्षेत्राधिकारभित्र पर्ने भनेर अवरोध गरेको थियो । महानगरले न्यूरोडको सडकलाई पैदलयात्रीमैत्री बनाउन ठेक्कामार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो । जेठ १२ गते सडक डिभिजन, काठमाडौंले कालोपत्र गरेको थियो । त्यसपछि महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।