मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तिममा इन्ट्रि भए अधिकारी, पहिलेकै मन्त्रालय पाउने (एमालेबाट अरु कोको हुँदैछन्)

अन्तिममा इन्ट्रि भए अधिकारी, पहिलेकै मन्त्रालय पाउने (एमालेबाट अरु कोको हुँदैछन्)

अपि टाइम्स

काठमाडौँ । नेकपा (एमाले) ले मन्त्रीको नामावली टुंगो लगाएको छ। एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेछन्।

उपमहासचिव पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्ने टुंगो लागेको छ।

सोलुखुम्बुका मानवीर राई रक्षा मन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री टुंगो लागेको छ। विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि भन्ने टुंगो लागेको एक नेताले बताए।

एमालेले बलराम अधिकारी र दामोदर भण्डारीलाई दोहोर्‍याउने भएको छ। अधिकारी भूमि व्यवस्था र दामोदर भण्डारी उद्योग मन्त्री बन्ने टुंगो लागेको हो।

कपिलवस्तुका सांसद अधिकारीको सुरुमा नाम आएको थिएन । विहानसम्म उनको ठाउँमा अर्को ब्यक्तिको नाम आएको थियो । तर सचिवालयले अन्तिममा अधिकारीलाई छनौट गरिएको हो

आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान पद तथा गोपनीयताको शपथ लिँदैछन्।