मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्सेमा ३५ महिनायताकै उच्च कारोबार

नेप्सेमा ३५ महिनायताकै उच्च कारोबार

अपि टाइम्स

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ३५ महिनायताकै उच्च कारोबार भएको छ।बुधबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रूपैयाँको सेयर कारोबार भएको छ। यो रकम त्यसयताकै उच्च हो।यसअघि २०७८ भदौ १५ गते १३ अर्ब २५ करोड बराबरको कारोबार भएको थियो।

मंगलबार भने नौ अर्ब १३ करोड ८६ लाख २९ हजार रूपैयाँको कारोबार भएको थियो।अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ९२ करोड रूपैयाँ वृद्धि भएको हो।यसदिन नेप्से ५४।०४ अंकले बढेर २३६४।६३ विन्दुमा बन्द भएको छ।

बुधबार नेप्से परिसूचक नेप्से परिसूचक २७ महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि २०७९ वैशाख २८ गते २३६९ विन्दुमा नेप्से पुगेको थियो।त्यसयताको आज उच्च विन्दु हो। यसदिन ३०६ वटा धितोपत्रको तीन करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच भएको हो।बुधबार २०४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

यसदिन सेन्ट्रल फाइनान्सको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य ६०३ रूपैयाँ ९० पैसा कायम भएको छ।यस्तै, सिंगटी हाइड्रो इनर्जीको सेयरमूल्य ९।९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २०७ रूपैयाँ ४० पैसा कायम भएको छ।

सिटिजन्स म्युचुअल फण्ड–२ को मूल्य सर्वाधिक ९।९० प्रतिशतले घटेको छ।उक्त योजनाको मूल्य ९ रूपैयाँ ४६ पैसा कायम भएको छ।यस्तै, १०५ एनएमबी डिबेञ्चर २०९० को मूल्य ७।७२ प्रतिशतले घटेर प्रति डिबेञ्चर मूल्य एक हजार ३१ रूपैयाँ कायम भएको छ।

बुधबार सिंगटी हाइड्रो इनर्जीको सर्वाधिक कारोबार भएको छ।कम्पनीको प्रतिकित्ता मूल्य २०७ रूपैयाँ ४० पैसामा २३ करोड ५५ लाखको सेयर कारोबार भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८६४ रूपैयाँमा २२ करोड ७१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।यसदिन व्यावार समूहको परिसूचक सर्वाधिक ७।३० प्रतिशतले बढेको छ भने होटल्स तथा पर्यटन समूहको परिसूचक ५।५५ प्रतिशतले बढेको छ।