मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदीको सबै स्थानमा छाम्नुपर्ने अवस्था छ, थप प्रविधि चाहिन्छः डिआइजी कार्की

नदीको सबै स्थानमा छाम्नुपर्ने अवस्था छ, थप प्रविधि चाहिन्छः डिआइजी कार्की

अपि टाइम्स

काठमाडौँ । नेपाल प्रहरीका डिआइजी दान बहादुर कार्कीले त्रिसुली नदीमा वेपत्ताहरुको खोजीको लागि मुलुकमा भएका सबै शक्तिको परिचालन भएको बताएका छन् । घटना भएको सातदिनसम्म नेपाल प्रहरी र मातहतका सुरक्षा निकायले भएभरको शक्ति प्रयोग गरेर खोजी कार्य जारी राखेको उनले बताएका हुन् ।

यद्यपी यहाँको जनशक्तिले मात्र थप नतिजा निकाल्न गारो भएको उनले बताए । उनका अनुसार थप परिणाम निकाल्न उत्तर र दक्षिणतर्फबाट पनि आवश्यक सहयोग चाहिने बताए ।

विहिबार विहान पत्रकार क्रषि धमलासंग कुराकानी गर्दै डिआइजी कार्कीले नदीको बहावमा वेपत्ताहरुको शव खोज्नु सडकमा खोजेजस्तो नभएको बताए । उनले भने, ‘बाहिरको सहयोग पनि लिन पाएमा अझै राम्रो हुनेछ । हामीसंग उपलब्धभन्दा थप प्रविधि प्रयोग हुन पाए खोजीमा सहज हुन्छ भन्ने हामीलाई आशा छ । उत्तर दक्षिण दुवैतर्फबाट सहयोग लिन जरुरी छ । यहाँ अहिलेसम्म मान्छेलेल गर्ने काममा कुनै कमि छैन, अन्य प्रविधि आएमा थप सहज हुनेछ ।’

वेपत्ताको खोजीमा धेरै प्रयास गरेको बताउँदै कार्कीले थपे, ‘अहिलेसम्म खोला नदी किनामा खोजी भएको छ, सबै प्रहरी पानीको भेलमा हिँड्न सक्दैनन, अब पानी वग्ने सबै स्थानसम्म छाम्ने र खोजी गर्ने जनशक्ति आवश्यक रहेको छ ।’

आजभन्दा ७ दिनअघि चितवनको सिमताल पहिरोमा पुगेर २ वटा डिलक्स बस लेदोसहितको पहिरोले बगाएको थियो । त्यसमा ६५ यात्रु सवार थिए । तिमध्ये जनाले पौडेर ज्यान जोगाए भने अरु नदीमा बगेका छन् । त्यसमध्ये १९ जनाको शव फेला परेको छ भने अरु सबै वेपत्ता रहेका छन् । अब ३ दिनसम्म पनि शव नभेटिए मृत घोषणा गरेर राहत दिने नवगठित सरकारका प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।

डिआइजी कार्कीले खोजी र उद्धारसंगै राहतको काम पनि भइरहेको बताए । मुलुकभर बाढी र पहिरोमा परेर समस्यामा परेका नागरिकलाई सरकारको निर्णय अनुसारको प्याकेज पठाइएको उनले बताए ।

कार्कीले मुलुकभर १२ । १४ वटा सडक अवरुद्ध रहेकाले ती अस्थायी रुपमा मात्र अवरुद्ध रहेको बताउँदै चाँडै खुल्ने बताए । कार्कीले प्रहरीमा तत्काल सरुवा बढुवा नहुने बताए । अब सरुवा बढुवाको काम भदौ असोजबाट हुने उनको भनाई छ ।