मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगा राइडर्सका अध्यक्ष सापकोटाले गुरुकुलममा मनाए जन्मदिन

बाणगंगा राइडर्सका अध्यक्ष सापकोटाले गुरुकुलममा मनाए जन्मदिन

अपि टाइम्स

जितपुर । बाणगंगा राइडर्स क्लव कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद सापकोटाले गुरुकुलमलाई खाद्यान्ह सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् । शुक्रबार विहानै वडा नम्बर २ नन्दनगरस्थित मनकामना संस्कृत विद्यापिठ गुरुकुलममा पुगी अध्यक्ष सापकोटाले खाद्यान्ह (चाम, दाल, नुन, तेल) आदि सहयोग गरेर जन्म दिन मनाएका हुन् । सापकोटा क्लवका साथीहरुसंगै साइकल चलाएर त्यहाँ पुगेका थिए ।

जन्म दिन मनाउन होटल तथा रेष्टुरेन्टमा गरिने फजुल खर्चको सानो अंसले मुठ्ठी दानबाट चलेको गुरुकुलमलाई थोरै भए पनि सहयोग मिलोस् भन्ने ध्येययले परिवारमा सल्लाह गरेर जन्म दिन गुरुकुलममा मनाउने निर्णय गरिएको सापकोटाले बताए ।
गुरुकुलम् संवद्धन समाजका अध्यक्ष तथा खाद्यान्न वितरण समारोहका प्रमुख अतिथि रविराज ज्ञवालीले सापकोटाले निकै पुनित काम गरेको भनी धन्यबाद दिए ।

सापकोटाजस्तै सहयोगी मनहरुको कारणले गुरुकुलम संचालन हुन सकेको भन्दै अरु सबैलाई पनि यसरी जन्म दिन मनाउन आचार्यको अनुरोध छ । कार्यक्रम क्लवका सचिव रामचन्द्र बेलबासेको संचालनमा सम्पन्न कार्यक्रममा सापकोटाका परिवारको पनि सहभागिता थियो ।

गत चैत्रमा विविवत रुपमा दर्ता भई संचालनमा आएको क्लवले स्वास्थ्य र पर्यावरण संरक्षणको लागि साइकल चलाऔँ भन्ने अभियान सुरु गरेको छ । क्लवमा आवद्ध २५ बढी युवाहरु हरेक विहान साइकल चलाएर नगर भित्र र बाहिरका पर्यटकीय स्थलमा पुग्ने गरेका छन् भने बिभिन्न सामाजिक र मानवीय कार्यहरु पनि गर्दै आइरहेका छन् ।