मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभूमि नगरपालिका र डिभिजन वन कार्यालयबीच द्धन्द्ध चर्कने निश्चित !

बुद्धभूमि नगरपालिका र डिभिजन वन कार्यालयबीच द्धन्द्ध चर्कने निश्चित !

अपि टाइम्स

बुद्धभूमि । डिभिजन वन कार्यालय कपिलवस्तु र बुद्धभूमि नगरपालिकाबीच द्धन्द्ध चर्कने निश्चित भएको छ । डिभिजन वनले गत बुधबार बुद्धभूमिको वडा नं. २ को वकडरिया गाउको सुकुम्बासीवस्तिमा डोजर चलाएको थियो ।

यहि विषयलाई लिएर नगरपालिका सुकुम्बासीहरुको पक्षमा लागेपछि अब दुई पक्षबीच द्धन्द्ध चर्कने निश्चित भएको हो । सुकुम्बासीवस्तिमाथि डोजर चलाउने कार्य नीन्दनीय भएको भन्दै एक विज्ञप्तीमार्फत् बुद्धभूमि नगरपालिकाले घोर भर्सनासमेत गरेको छ ।

”घटना घटेपछि ढिलोगरी विज्ञप्ति निकालको नगरले डिभिजन वनको कार्यलाई मानवीय संवेदनहिन कदम भनेको छ ।
४० औँ बर्षदेखि बसोबास गरी खनजोत, भोगचलन गर्दै आईरहेको बस्तिमा यही मिति २०८१ साउन २ गते डिभिजन वन कार्यालय कपिलवस्तुले घरटहरा, गोठहरुमा निर्मम तबरले डोजर चलाई संरचना भत्काएको र खेतीबाली समेतमा ट्याक्टर लगाई हानी नोक्सानी गरेको हुँदा यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ”, नगर प्रवक्ता तेज बहादुर बस्नेत र वडा नं. २ का वडाध्यक्ष सुरजप्रताप राणाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ”यस्तो बर्षातको समयमा मानव वस्तीहरु संरक्षण गर्ने राज्यको कर्तव्य, दायित्व रहेकोमा राज्यकै निकायबाट अमानवीय तरिकाबाट घरबारविहिन गराएको उक्त कार्यको नगरपालिका घोर भर्सना र खेद व्यक्त गर्दछ । यस्ता प्रकृतिका जग्गाहरु जोतभोग बसोबास गरी आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरी विकल्पसहित समस्या समाधान गर्नका लागि नेपाल सरकारबाट भूमि सम्बन्धी आयोग गठन गरी सोही आयोगको गठन आदेश अनुसार यस नगरपालिकाले पनि आफ्नो कार्य अगाडि बढाएको व्यवहोरा सर्वविदितै छ ।”

नगरपालिकाले आयोगले भने बमोजिम लगत संकलन गरी अस्थायी दर्ता निस्सा समेत वितरण गरिएको विद्यमान अवस्थामा नगरपालिकासँग कुनै परामर्श, जानकारी, समन्वय नगरी डिभिजन वन कार्यालयबाट अमानवीय कदम चालिएको भन्दै नगरपालिका जनताको पक्षमा उभिएको हो ।

तर वन कार्यालयले भने समन्वय नगरिएको भन्ने नगरको भनाई गलत रहेको बताएको छ । वनका एक जना अधिकारी भन्छन् ‘जिल्ला वन सुरक्षा समितिको वैठकमा नगर प्रमुख पनि हुनुहुन्थ्यो । जिल्लाभरका स्थानीय सरकारका प्रमुखको सहभागितामा अतिक्रमण हटाउने भन्ने विषयमा सल्लाह भइसकेको छ । यस्तो अवस्थामा नगरसंग समन्वय भएन भन्नु गलत हो । नगरले जनतालाई उक्साउने कार्य नगरेको भए राम्रो हुने थियो ।’
डिभिजन वन कार्यालय प्रमुखको फोन नउठेपछि उनै, ‘अधिकारीसंग कुरा गर्ने क्रममा नगरपालिकाको धारणामाथि चाँडै डिएफओ साबले प्रष्टिकरण दिनुहुनेछ । आज उहाँ पारिवारिक काममा व्यस्त हुनुहुन्छ ।’ अतिक्रमण हटाएको विषयमा माओवादी बुद्धभूमि नगरपालिकाले पनि आपत्ति जनाएको छ ।