मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृह जिल्लाको बुद्धभूमि डोजर प्रकरणबारे मन्त्री अधिकारीले भने ‘वनले गलत गर्‍यो, उपाय खोजिन्छ’

गृह जिल्लाको बुद्धभूमि डोजर प्रकरणबारे मन्त्री अधिकारीले भने ‘वनले गलत गर्‍यो, उपाय खोजिन्छ’

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, काठमाठौँ ।

डिभिजन वन कार्यालय कपिलवस्तुले बुद्धभूमि नगरपालिकामा डोजर चलाएर वस्तीबाट सुकुम्बासी जनतालाई विस्थापित गरेको विषयमा भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मुख खोलेका छन् ।

गृहजिल्ला बुद्धभूमिको वडा नं २ को वकडरिया गाउँमा डोजर प्रकरण भएको ५ दिनपछि मन्त्री अधिकारीले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । आइतबार दिउँसो अपिटाइम्समार्फत् संक्षिप्त कुराकानीमा मन्त्री अधिकारीले वनले सुकम्बासी जनताको घरमा डोजर चलाएर डिभिजन वनले गलत गरेको बताउँदै यसको उपयुक्त उपाय खोज्ने बताए ।

अहिले आफू पार्लामेन्ट जान लागेको बताउँदै अहिले धेरै कुरा नभन्ने बताएका मन्त्री अधिकारीले संक्षिप्तमा आफू सुकुम्बासी जनताकै पक्षमा भएको बताए । उनले भने, ‘अहिलेसम्म बसेका जनतालाई यसरी उठाउने विषय ठिक भएन । उहिल्यैदेखि बस्दै आएका जनतामाथि डोजर चलाउनु राम्रो होइन, त्यसमा त्यहि किसमले अघि बढ्नु पर्दछ ।’

हतार भए पनि थप के भन्नु हुन्छ भन्ने अपिटाइम्सको प्रश्नले मन्त्री अधिकारी थप्छन् ‘म त के भन्छु भने जनताले दुख पाउनु हुन्न । बषौँदेखि बस्दै आएका जनतालाई उठाउनु गलत हो । बस्न दिनुपर्दछ । समस्या भए छलफल गरेर हल गर्नुपर्दछ । डिभिजन बनले गलतै गर्यो । त्यसरी उठाउनु हुँदैनथ्यो ।’

सुकुम्बासी जनताको घरमा डोजर चलाउने शैली पनि ठिक नभएको बताउँदै मन्त्री अधिकारीले पहिले बस्न दिने अनि अहिले उठाउने कहिँ हुन्छ त भन्दै प्रश्न गरे ? बुद्धभूमिको मात्र नभएर देशभरको सुकम्बासी समस्या समाधान गर्न मन्त्रालयले घनिभूत रुपमा काम गरेको भन्दै बाँकी कुरा साँझ भन्ने मन्त्री अधिकारीले वताए ।

उपाय खोजिन्छ र त्यहि किसमले अघि बढ्नु पर्दछ भनेको के हो त्यो भने मन्त्री अधिकारीले खुलाएनन् ।