मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले सांसद गिरी लुम्बिनीमा दोस्रो पटक मुख्यमन्त्री बन्दै

एमाले सांसद गिरी लुम्बिनीमा दोस्रो पटक मुख्यमन्त्री बन्दै

अपि टाइम्स

रुपन्देही । ०७९ पुस २७ मा मुख्यमन्त्री बनेका गिरी तत्कालीन गठबन्धन गरेको माओवादीसहितका अन्य दल नयाँ गठबन्धनमा गएपछि साढे ३ महिनामै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट बाहिरिएका एमाले संसदीय दलका नेता लीला गिरी मुख्य मन्त्री बन्ने पक्का भएको छ । माओवादी नेतृत्वलाई विस्थापित गर्दै कांग्रेसको समर्थनमा गिरी मुख्यमन्त्री बन्न लागेका हुन् ।

केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण लुम्बिनी प्रदेश सरकारको नेतृत्व फेरिन लागेको हो।
एमालेको जिम्मामा परेको लुम्बिनी प्रदेशको मुख्यमन्त्री गिरीलाई बनाउने निर्णय भएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिए। एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा गिरीलाई अगाडि बढाउने सहमति जुटेको उनले जनाएका छन् ।

कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिलसिनाले एमाले दलका नेता गिरीको नेतृत्वमा नयाँ सरकार बनाउने गरी तयारी भइरहेको र आजै दुवै दलका नेता तथा प्रमुख सचेतक बसेर छलफल गरिएको जनाए ।

दुवै दलको तर्फबाट मुख्यमन्त्रीमा गिरीलाई नियुक्तिको लागि प्रदेश प्रमुखसमक्ष आज नै दाबी पेश गर्ने तयारी गरिएको छ। तर प्रदेश सभाको जानकारी प्रदेश प्रमुखले आजै नै पाएर नयाँ प्रक्रिया थाल्ने सम्भावना कम रहेको नेताहरूको भनाइ छ । त्यो भएमा भोलि नै पेश हुनसक्ने बताइको छ ।