मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा आज गिरीको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीहरुको नाम छनौटमा सकस !

लुम्बिनीमा आज गिरीको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीहरुको नाम छनौटमा सकस !

अपि टाइम्स

रुपन्देही । लुम्बिनी प्रदेशमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ । कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी दोश्रोपटक मुख्यमन्त्री बन्न लागेका प्रमुख सचेतक तुलसी चौधरीले बताए ।

एमाले–कांग्रेसले आज दिउँसो १ बजे नै दाबी पेश गर्न बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा जाने योजना बनाइसकेका छन् । यही योजनाअनुसार सांसदहरूलाई तयारी रहन खबर गरिएको छ ।

अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएर साँझ नै त्यो पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएपछि आइतबार राती नै शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित १२ मन्त्रालय छन् । अव बन्ने नयाँ सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि प्रदेशको कामकाजलाई प्रभावकारी बनाउन जिम्मेवारी निर्वाह गर्ने तयारी छ ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद भए पुग्छ । यसैबीच मन्त्रीको नाम टुंगाउन एमाले–कांग्रेसलाई सकस भएको छ ।

पहिलो चरणमै सबै मन्त्रीहरूको टुंगो लगाउन खोजेपनि आकांक्षीको संख्या धेरै भएकाले समस्या भएको जनाइएको छ । मन्त्रीको नाम र संख्या आज नै टुंगो लाग्ने बताइएको छ ।