मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरियाको कृषितर्फ भाषा पास गरी रोस्टरमा रहेकाले वन क्षेत्र रोज्न पाउने

कोरियाको कृषितर्फ भाषा पास गरी रोस्टरमा रहेकाले वन क्षेत्र रोज्न पाउने

अपि टाइम्स

काठमाडौँ । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत् कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा पास गरेर रोस्टरमा रहेकाहरूले क्षेत्र परिवर्तन गर्न पाउने भएका छन्।

३१ डिसेम्बर २०२४ भित्र म्याद सकिनेहरूले वन क्षेत्रतर्फ रोस्टर परिवर्तन गर्न पाउने इपिएस कोरिया शाखाले जनाएको छ।

उनीहरूले २१ जुलाई २०२४ देखि २४ जुलाई २०२४ सम्म रोस्टर परिवर्तन गर्न चाहेको निवेदन शाखामा दिनुपर्नेछ।

निवेदनमा राहदानी नम्बर, प्रवेशपत्र नम्बर, सम्पर्क नम्बर र सूचीमा नाम उल्लेख भएको सिरियल नम्बर राख्नुपर्नेछ।