मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीमा एमाले र काँग्रेसबाट कोको मन्त्री बन्दैछन् ?

लुम्बिनीमा एमाले र काँग्रेसबाट कोको मन्त्री बन्दैछन् ?

अपि टाइम्स

रुपन्देही । सोमबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेपछि अब सरकार विस्तार हुने तयारी भएको छ ।

त्यसैअनुसार बुधबार बिहान मुख्यमन्त्रीसहित ९ मन्त्रीको शपथ कार्यक्रम रहेको छ । मन्त्रीको सपथ मिति तय भए पनि एमाले र काँग्रेसबाट कोको मन्त्री बन्ने भन्ने अझै अज्ञात भए पनि नेताहरु भन्छन् मन्त्रीको नाम शीर्ष नेताको गोजीमा आइसेकेको छ । कांग्रेसका ५ र एमालेका ४ मन्त्रीले शपथ लिने कार्यक्रम तय भएपछि सांसदहरुले दौडधुप तीव्र बनाएका छन् ।

समाचार श्रोत अनुसार कांग्रेसबाट प्युठानका सरोज थापा (रोज राणा), बर्दियाका जन्मजय तिमिल्सिना, बाँकेका बादशाह कुर्मी पनि मन्त्री बन्दै पहिलो सूचीमा छन् । त्यसबाहेक पाल्पाका बिरबहादुर राना, बर्दियाका भुवनेश्वर चौधरी, दाङका प्रचण्ड विक्रम न्यौपाने, प्यूठानकी निमा गिरी पनि मन्त्रीको लबिङमा छन् ।

त्यस्तै एमालेमा पनि मन्त्रीका आकांक्षीहरू धेरै छन् । मन्त्रीका लागि रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरी, कपिलवस्तुका विष्णु पन्थी, बाँकेका रत्न खत्री र बाँकेकै बसन्ती न्यौपाने, दाङकी सीता चौधरी बलिया दावेदार हुन् ।
यिनैमध्येबाट मन्त्री बन्ने चर्चा छ । लुम्बिनीमा १२ मन्त्रालय छन् । स्रोतका अनुसार दुई ठुला दलबीच मन्त्रालय थपघट नगर्ने सहमति भइसकेकोले र साना दललाई स्पेस दिनका लागि अहिले ९ मन्त्रालयमध्ये ५ कांग्रेस र ५ एमालेलाई दिने समझदारी बनेको हो ।