मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सेटिङमा चल्छ कृष्णनगर भन्सार, विनाजाँच ३ वटा ट्रकको नेपाल इन्ट्री !

सेटिङमा चल्छ कृष्णनगर भन्सार, विनाजाँच ३ वटा ट्रकको नेपाल इन्ट्री !

अपि टाइम्स

कपिलवस्तु।सेटिङमै चल्दै आएको कृष्णनगर भन्सार कार्यालयको अर्को काण्ड पुनः पर्दापास भएको छ । साउन ९ गते भारतबाट आँप ल्याएका तीन ट्रकलाई कृष्णनगर भन्सार कार्यालयले क्वारेन्टाइन चेक बिनै नेपाल प्रवेश गराएको छ । जबकि क्वारेन्टाइन चेक भएपछि मात्र फलफूल, तरकारी, खाद्यान्न जस्ता कृषि उपज नेपाल भित्राउनुपर्ने कानूनी प्राबधान छ । तर कृष्णनगर भन्सारले क्वारेन्टाइन रिपोर्ट बिनै तीन वटा आँप बोकेका ट्रकलाई नेपाल प्रबेश गराएको छ ।

व्यापारीसङ्गको मिलेमतोमा भन्सारका कर्मचारीले यस्तो गैरकानुनी काम गरेका हुन् । तीन वटा आँप बोकेका गाडी क्वारेन्टाइन चेक बिनै नेपाल प्रबेश गराएको तथ्य सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् । क्वारेन्टाइन रिपोर्ट बिनै नेपाल प्रवेश गरेका तीन वटा आँप बोकेका मिनी ट्रकलाई नियन्त्रणमा लिई कारबाही गरिएको क्वारेन्टाइन कार्यालय कृष्णनगरका प्रमुख बुद्धिराम भट्टराईले बताए ।

विषादी चेकबिनै नेपाल आउँदै गरेका ट्रकलाई भन्सारले कुन कानून टेकेर नेपाल छिर्न दियो गम्भीर अनुसन्धानको बिषय भनेको छ । पछिल्लो समय कृष्णनगर भन्सार सेटिङमा चल्दै आएको छ । भन्सारमा अधिकांश कर्मचारी कृष्णनगर क्षेत्रकै रहदा भन्सारमा बेथिति मच्चिएको हो ।

पछिल्ला बर्ष भन्सारले तोकिएको राजस्व पनि उठाउन असमर्थ छ । लक्ष्य अनुसार राजस्व उठाउन नसकेको भन्सारमा राजस्व चुहावट बढिरहेको छ । आँप बोकेका तीन ट्रकलाई कारबाही गरिएको क्वारेन्टाइन कृष्णनगरका प्रमुख भट्टराईले बताए । उनीहरुलाई डेढ लाख जरिवाना गरिएको उनले बताए । भन्सार हुँदै नेपाल भित्रने सबै सवारीसाधनमा चेकजाँचलाई कडाई गरिएको उनले बताए ।

उता कृष्णनगर भन्सार कार्यालयका प्रमुख मान बहादुर पौडेलले सबै गाडीहरु जाचपास गरेर पठाइने गरेको बताए । विषादी चेक बिनै ३ वटा आपको ट्रक नेपाल भित्रिएको बारे आफुलाई कुनै जानकारी नभएको बताए । एउटौ प्रज्ञापनबाट ८/१० गाडी आउने हुदा यसरी छुटेको हुनसक्ने बताए । उनले भने, ‘कुनै एजेण्टले तलमाथी गरेकोले फरक हुनसक्छ ।’