मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा एमाले र काँगेसको लडाई उत्कर्षमा, आयो काँग्रेसको धम्की !

बाणगंगामा एमाले र काँगेसको लडाई उत्कर्षमा, आयो काँग्रेसको धम्की !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । एउटा विद्यालयमा प्रधानाध्यापक नियुुक्तिको विषयले नेकपा एमाले र नेपाली काँग्रेस बाणगंगा नगर कमिटि/समिति बीचको लडाँई उत्कर्षमा पुगेको छ । गत असार १५ गते नगरपालिकाको कार्यालयमा नेपाली काँग्रेसका नेताहरुले त्यहि प्रअ नियुक्ति लगायतका केहि स्कुलका गतिविधिलाई इस्यू बनाउँदै नगर प्रमुख चक्रपाणी अर्याल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी लगायतलाई झपारेका थिए ।

यहि विषयमा एमाले बाणगंगा नगरकमिटिले केहि दिनअघि काँग्रसविरुद्ध विज्ञप्ती निकालेर खेद प्रकट गरेको थियो । त्यसपछि फेरि काँग्रेस नगरसमितिले एमाले विरुद्ध चेतावनीयुक्त विज्ञप्ती निकालेको छ । शुक्रबार नगर सभापति विष्णु थापाद्धारा हस्ताक्षरित विज्ञप्तीमार्फत् एमालेले निकालेको विज्ञप्तीमाथि गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

गत साउन ४ गते एमाले बाणगंगा नगर कमिटीले पार्टीको नाम जोडेर निकालेको प्रेस विज्ञप्ती भ्रमपूर्ण रहेको भन्दै काँग्रेसले एमालेको यस कदमलाई शक्तिको दुरुपोग भनेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘नगर भित्रका अराजक, गैह्रजिम्मेवार, शक्ति दुरुपयोग एवं जनचासोका विषय नेपाली कांग्रेसको मात्र नभएर सम्पुर्ण पार्टी तथा समुदायको हो तसर्थ यिनै विषयवस्तु उठान गर्दा असम्बन्धित एवं अतिरञ्जित तरिकाले भ्रमपूर्ण प्रेस विज्ञप्ती जारी गर्ने कार्यले दलगत सम्बन्ध एवम् सामाजिक सद्भावमाथि नै धावा बोल्ने गरी नगरकार्यपालिका सम्पूर्ण नगरवासीको साझा संस्था नभएर ने. क. पा. एमालेको पार्टी कार्यालय हो भन्ने अहङ्कारपूर्ण व्यवहार रहेको ठहर नेपाली कांग्रेसले गरेको छ ।’नगरपालिका जिममेवार कर्मचारीले नगरको एउटा विद्यालय बन्द भए पनि हुन्छ भन्ने जस्ता अभिब्यक्ति र राजनीतिमाथि विज्ञप्तीले खेद ब्यक्त गरेको छ ।

काँग्रेसको यो विज्ञप्तीपछि अब यी दुई पार्टीबीचको जुँगे लडाई कहाँ गएर मत्थर हुन्छ त्यो भने अज्ञात छ । सरोकारवालाले भने बाणगंगामा एमाले र काँग्रेस दुवै दलको गतिविधि ठिक नभएको बताउँछन् ।

विषय स्कुलको भए पनि यो राजनैतिक लडाई भएको उनीहरु बताउँछन् । अचम्मको विषय यो छ कि दुवै दलको विज्ञप्तीपछि दुवै दलको एकएक गुट खुसी र दुखी छन् ।

नगरप्रमुखको कार्यालयमा काँग्रेसले गरेको गतिविधिले एमालेको एउटा खेमा खुसी थियो भने एउटा टिम क्रुद्ध छन् । काँग्रेसको हप्कीदप्कीमाथि एमालेका केहि वडा अध्यक्ष नीरिह बनेको भन्दै स्पष्टिकरणसमेत सोधिएको सरोकारवाला बताउँछन् । यिनै कारण एमालेले घटना भएको २१ दिनपछि विज्ञप्ती काँग्रेसविरुद्ध निकाल्न बाध्य बनेको थियो । यता काँग्रेसमा पनि दुई पक्ष छन् ।

एक पक्षले नगरप्रमुखको कार्यकक्षमा भएको घटना हदमाथि अलिकति गएको हुनाले यसलाई अतिरञ्जित गर्न नहुने भन्दै दबाब सिर्जना गरिरहेको छ भने एक पक्षले अब चुप रहेर बस्न नहुने भन्दै प्रतिवादमा उत्रने पक्षमा छ ।

पार्टी भित्रका यस्ता गतिविधिले स्वार्थ मिल्दा काँग्रेस र एमालेका नेताहरु कुम जोडेर हिँड्ने गर्दछन् र नमिल्दा नाटक गर्छन् भन्ने पुष्टि यहि घटना भएको भन्दै दुवैलाई ठेगाना र थर भुलेका पार्टी भनेर टिप्पणी गर्न थालिएको छ ।

र यो पनि