मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अपरिचित किशोरीको त्यो फोन कल, जसले पग्लिए ‘ह्याण्डसम’ मेयर थापा

अपरिचित किशोरीको त्यो फोन कल, जसले पग्लिए ‘ह्याण्डसम’ मेयर थापा

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा कति कोमल हृदय भएका मेयर रहेछन् भन्ने कुराको प्रमाण उनले भर्खरै लागु गर्न खाजेको एक कार्यक्रमले बताएको छ ।

नगरमा जनप्रतिनिधिसंग छलफल गरेर पनि होइन, कुनै विज्ञसंग सल्लाह गरेर पनि होइन, कुनै पालिकाको नक्कल गरेर पनि होइन, केवल एक जना किशोरीको एकै फोन कलको आधारमा नगर प्रमुख थापाले आर्थिक बर्ष २०८१ / ८२ मा ‘मेयरउपमेयर छात्रवृत्ति शैक्षिक कार्यक्रम’ ल्याएबाट उनको हृदयको कामलताको गहिराई मापन गर्न सकिन्छ ।

त्यहि अपरिचित फोन संवादको कारण आफ्नो हृदय छोए पछि नयाँ कार्यक्रमको अवधारण बनाएर लागु गर्ने आँट गरेको उनले बताएका छन् ।

के कुरा भएको फोनमा ?

करिब एक महिना अघि बेलुकाको ७ बजेको समय थियो । घरमै बसेका बेला मेयर थापालाई एकजना किशोरीको अचानक फोन आयो मोबाइलमा । उक्त फोन किशोरीको शिक्षाप्रतिको आकांक्षा पुरा गर्ने आसयको थियो । मेयर थापा सुनाउँछन्, ‘त्यहि फोनले मेरो हृदयमा क्लिक गर्यो । त्यसपछि उनकोजस्तै समस्या र पढ्ने चाहाना अरु किशोरी किशोरीको पनि छ भन्ने भयो । अनि त्यहि संवेदनशीलता बुझेर स्थानीय समाजसेवी र पालिकाका जनप्रतिनिधीहरुको बीचमा छलफल गरेको थिएँ।

मेयर थापाले थप खुलाएर भन्छन्, ‘अपरचित किशोरीको फोन थियो तयो । उनले कक्षा १२ को अध्ययन पुरा गरेको बताएकी थिइन् । स्नातक तह पढ्न चाहेको कुरा फोनमा सुनाएकी थिइन् । किशोरीको बुवाको पनि मृत्यु भएको रहेछ । त्यसैमाथि उनको गरिब र विपन्न परिवार रहेको सुनेँ । उनले उच्च शिक्षा पढ्न आर्थिक समस्या भईरहेको बताइन् । स्नातकसम्म पढ्न पाए परिवारको सपना पुरा गर्ने इच्छा रहेको सुनाईन् । मेरो हृदय पनि कोमल, निकै भावुक पनि भएँ । आफैलाई पनि सम्झिएँ ।’

उक्त किशोरीको पढ्ने इच्छाको बाबजुत पनि अहिले रोजगारको शिलशिलामा भारत रहेको कुरा पनि थाहा भयो मेयर थापाले थपे, ‘नेपालमा रोजगार नपाएर उनी भारत गएकी रहेछिन् । त्यसपछि मैले मेयर उपमेयर शैक्षिक कार्यक्रमको परिकल्पनाँ गरे । उपमेयर, वडा अध्यक्ष लगायत सबै सकारात्मक हुनुभयो अनि यो कार्यक्रम ल्याउन सफल भएँ ।’

ती किशोरीको फोन नभएको भए आज धेरै विपन्न किशोरीको उच्च शिक्षा पढ्न सपना तुहिन सक्ने बताउँदै कार्यक्रमको उपज तिनै किशोरी रहेको मेयर थापाले बताए । अब पढेलेखेका किशोरीहरुलाई उनीहरुको सिप र र योग्यता अनुसारको काम दिलाउन पनि प्रयास गर्ने थापाले बताए ।

ती किशोरीजस्तै विपन्न परिवारका अरु किशा र किशोरीहरुको उच्च शिक्षा हासिल गर्ने सपना साकार पार्न अहिले कार्यक्रमको सुरुवातमा ८ लाख विनियोजन गरेको भन्दै आगामी दिनमा अझै बढाउँदै लैजाने मेयर थापाले बताए । पहिलो बर्ष १० जना विद्यार्थीले उक्त छात्रवृत्ति रकम प्राप्त गर्नेछन् । जसबाट उनीहरुले स्नातक तहसम्म निशुल्क अध्ययन गरी आआफ्नो सपना पुरा गर्ने विश्वास लिइएको थापाले बताए ।

मेयर र उपमेयर शैक्षिक कार्यक्रम आउनुमा उपमेयर शिव कुमारी थारु पनि उत्तिकै सकारात्मक रहेको मेयर थापाले बताए । नगरपालिकाको आर्थिक वर्ष २०८१८२ को नीति तथा कार्यक्रममै मेयरउपमेयर छात्रवृत्ति कार्यक्रम समावेश छ । यसका अतिरिक्त शिवराजमा हाल माध्यमिक तह (१२ कक्षा) सम्म विद्यार्थीहरुको लागि निशुल्क शिक्षा कार्यक्रम कडाइका साथ लागु गरिएको छ । अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन गर्न बनेको ऐन २०७९, जारी गरि दुई वर्षदेखि कार्यान्वयनमा ल्याइएपछि हजारौँ बालबालिका लाभान्वित भएका छन् ।

मेयर उपमेयर छात्रवृत्ति कार्यक्रमले गरिब, जेहेन्दार, जनजाती, मधेसी, मुस्लीम, थारु, दलित, सहिद परिवार र खस आर्य छात्रछात्राहरु, लक्षित वर्गका किशोर, किशोरीहरुलाई स्नातक तह सम्मको अध्ययनमा सहयोग गर्ने विश्वास उपमेयर शिव कुमारी थारुको छ । सानो उमेरमै सेलिब्रेटी उपमेयरले चर्चा पाएकी थारुले यस कार्यक्रमलाई कुनै आग्रहपूर्वाग्रहमा नलागेर कार्यान्वयन गर्ने बताइन् ।

सानै उमेरदेखि केहि गर्ने हुटहुटी बोकेका मेयरमा नगरप्रमुख पद रहुञ्जेल केहि गर्ने हुटहुटी रहेको छ भन्ने कुरा यिनै कारणबाट पुष्टि हुन्छ । मेयर थापाले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी नीति र कार्यक्रम ल्याएका छन् । माध्यमिक तहसम्मको निशुल्क शिक्षालाई नगरमा कार्यन्वयन गराउन उनी लागि परेका छन् ।

नगर प्रमुखको जिम्बेवारी संम्हालेपछी गरिब र विपन्न परिवारलाई कसरी प्रत्यक्ष लाभ पुग्न सक्छ भन्ने सोच उनको हरेक छलफलका एजेण्डा र काम गर्ने कार्यशैलीवाट देखिन्छ। गत ७८ सालको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयर पदमा बाजी मारेका थापा उपत्यका बाहिर बालेन शैलीमा काम गर्ने मेयरको रुपमा चिनिन्छन् ।