मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेरिस ओलम्पिकः पहिलो खेलमा प्रिन्स दाहालको नमिठो हार

पेरिस ओलम्पिकः पहिलो खेलमा प्रिन्स दाहालको नमिठो हार

अपि टाइम्स

काठमाडौँ– पेरिस ओलम्पिक २०२४ मा नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा पराजित भएका छन् । शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् । भिक्टरले पहिलो सेट २१–८ र दोस्रो सेट २१–६ ले जितेका थिए ।

समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ । उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्ने छन् ।

यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नेछन् । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन् ।

यसअघि शनिबार साँझ भएको टेबल टेनिसमा नेपाली स्टार स्यान्टु श्रेष्ठ सोझो सेटमै पराजित भएका छन् । उनी सेनेगलका इब्राहिम डिएवसँग पराजित भएका हुन्। उनी १०–१२, ३–११, ४–११ र ५–११ ले पराजित भए ।