मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि

नेपालको महिला टोलीले जित्यो काभा बिच भलिबलको उपाधि

अपि टाइम्स

काठमाडौं । नेपालको महिला बिच भलिबल टोलीले भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

भुटानको थिम्पुमा भइरहेको प्रतियोगिताको फाइनल मा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २(० को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो ।

नेपालले उज्वेकपस्तान ए लाई २१/१७, २१/१४ ले पराजित गरेको हो । नेपालले खेलेको सबै ५ खेलमा अपराजित रहँदै उपाधि जितेको हो ।

समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१/१३, २१/१२ ले पराजित गर्दै फाइनल पुगेको थियो ।

दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमल पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो ।

यस्तै पुरुषतर्फ पनि नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले फाइनल खेल्दैछ ।