मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा भलिबलः आज सेमिफाइनल, इरानसंग बदला लिने दाउमा नेपाल

काभा भलिबलः आज सेमिफाइनल, इरानसंग बदला लिने दाउमा नेपाल

अपि टाइम्स

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदैछन् ।

जस अन्तर्गत पहिलो सेमिफाइनल भारत र श्रीलंकाबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद ९राखेप०को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो सेमिफाइनल नेपाल र इरानबीच अपराह्न सवा ५ बजे सुरु हुनेछ ।

समूह चरणको खेलमा भारत १० अंकसहित शीर्षस्थानमा र नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन् ।

त्यस्तै, इरान ७ अंकसहित तेस्रो तथा श्रीलंका ४ अंकसहित चौथो हुँदै सेमिफाइनलमा पुगेका हुन् । माल्दिभ्स भने लिग चरणबाटै बाहिरिसकेको छ ।