देउखुरी । राप्ती गाउँपालिकाका एक वडा अध्यक्ष विदेश पलायन भएका छन् । ४० लाख ऋण भएको भन्दै वडा नम्बर ८ का निर्वाचित वडा अध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश पलायन भएका हुन् ।
उनी २०७९ सालमा एमालेबाट निर्वाचित भएका थिए । चुनाव लड्दाखेरी देखि नै ऋण लागेको र अझैसम्म पनि तिर्न नसकेको भन्दै रोजगारीका लागि बेलायत गएको बताइएको छ ।
वडा अध्यक्षमा निर्वाचित हुनु अघिसम्म सोही वडा कार्यालयमा कार्यालय सहयोगी थिए ।
प्रतिक्रिया