मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानसंग सोझो सेटमा बदला लिँदै नेपाल फाइनलमा

इरानसंग सोझो सेटमा बदला लिँदै नेपाल फाइनलमा

अपि टाइम्स

काठमाडौं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३/० को सोझो सेटमा हराउँदै भारतसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५/२१, २८/२६ र २५/२० ले हराएको हो ।

मंगलबार नै श्रीलंकालाई सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगिसकेको छ । फाइनल खेल बुधबार नै हुनेछ ।

लिग चरणमा वेष्ट अफ फाइभ खेलेर पराजित भएको नेपालले सेमिफाइनलमा इरानसँग बदला लिएको छ ।

पहिलो सेटको सुरुमा ५/१ ले पछि परेको नेपालले लगातार ४ अंक जोड्दै ६/५ को अवस्थामा अघि बढ्यो । त्यसपछि नेपालले लगातार अंक जोड्दै १६/१० को अवस्थामा पुग्यो । त्यसपछि एक समय २०/२२ मा पुगिसकेको नेपालले खेलमा पछि नपरी २५/२१ ले पहिलो सेट जित्यो ।

दोस्रो सेटको सुरुवातमा २/० को अग्रता इरानले बनाएको थियो । त्यसपछि नेपाल ६/४, १०/५ हुँदै अग्रता लिँदै गइरहेको थियो । तर केही सामान्य गल्ती गर्दा इरान खेलमा फर्कियो २०/२० को अवस्थामा पुग्यो । त्यसपछि इरानले अग्रता लिँदै २४/२१ को अवस्थासम्म पुग्यो ।

त्यसपछि नेपालले लगातार ३ अंक जोडेर २४(२४ बनायो । त्यसपछि दुबै टिमले पालैपालो अंक जोड्यो र अन्तमा नेपालले लगातार २ अंक जोड्दै २८/२६ ले दोस्रो सेट जित्यो ।

तेस्रो सेटमा इरानले १०(७ को अग्रता बनाएको थियो । नेपालले खेलमा फर्कदै १५/१५ बनायो । त्यसपछि अग्रता लिँदै २३/१९ को अवस्थामा पुग्यो । यो सेट नेपालले २५/२० ले जित्यो ।

बुधबार नै तेस्रो स्थानका लागि इरान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।