मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बंगलादेशमा प्रहरीले घोषणा गर्‍यो हडताल

बंगलादेशमा प्रहरीले घोषणा गर्‍यो हडताल

अपि टाइम्स

एजेन्सी । बंगलादेशको प्रहरी एसोसिएशनले हडतालको घोषणा गरेको छ। सुरक्षा चुनौती रहेको भन्दै प्रहरी अधिकारीहरूले हडताल गर्ने घोषणा गरेको बिबिसीले जनाएको छ।

‘हरेक प्रहरी अधिकारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्मका लागि हामीले हडतालको घोषणा गरेका छौं,’ बंगलादेश पुलिस सर्भिस एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उक्त एसोसिएसनमा बंगलादेशका हजारौं प्रहरी अधिकारीहरू आबद्ध छन्। विद्यार्थी आन्दोलनको क्रममा सोमबारमात्रै कम्तीमा ४५० प्रहरी चौकीमा आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ। झडपमा प्रहरी अधिकारीसमेत मारिएका छन्।

मंगलबार ढाकामा सवारीसाधनहरू चल्न थालेको भए पनि सडकमा ट्राफिक प्रहरीहरू नदेखिएको बिबिसी बंगलाले जनाएको छ।

बंगलादेश प्रहरीका एडिसनल इन्स्पेक्टर जनरल सोहेल राननाले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रहरी अधिकारी र प्रहरी चौकीहरूमा क्षति नपुर्‍याउन अनुरोध गरेका छन्।

‘समस्या नेतृत्वमा छ, प्रहरी बलमा होइन। दोषीलाई कारबाही हुन्छ। कृपया निर्दोष प्रहरी अधिकारीहरूमाथि आक्रमण नगरिदिनुस्,’ उनले अनुरोध गरेको समाचार द डेली स्टारले लेखेको छ। प्रहरीका उच्च अधिकारीहरूले छिट्टै नै प्रहरी अधिकारीहरू काममा फर्किने दाबी गरिरहेका छन्।