मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतसंग उत्कृष्ट खेले पनि नेपाल उपविजेतामै सीमित

भारतसंग उत्कृष्ट खेले पनि नेपाल उपविजेतामै सीमित

अपि टाइम्स

काठमाण्डौ । नेपाललाई हराउँदै भारतले काभा महिला भलिबल नेशन्स लिगको उपाधि जितेको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट २५–२३ ले जितेको थियो । यस्तै दोस्रो सेट भारतले २५–१४ ले जित्यो । यसैगरी तेस्रो सेट नेपालले २५–२२ ले जित्दा चौथो सेट भारतले २५–२१ ले जित्यो । त्यसपछि अन्तिम सेट १५–५ ले जित्दै भारतले उपाधि जितेको हो ।

नेपाल इरानलाई हराउँदै र भारत श्रीलङ्कालाई हराउँदै फाइनलमा पुगेका थिए । लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराउँदै ऐतिहासिक निकालेको थियो । महिला भलिबलमा भारतमाथि नेपालको‌ त्यो पहिलो जीत थियो । प्रतियोगितामा नेपाल, भारत, श्रीलङ्का, इरान र माल्दिभ्स गरी पाँच वटा देश सहभागी थिए ।

यसअघि सन्‌ २०१९ मा‌ नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को फाइनलमा भारतसँग खेलेको थियो । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा नेपाल भारतसँग ३–२ सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।