मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसकारण कपिलवस्तुमा एक वर्षमा ११ एचआईभी संक्रमितको मृत्यु

यसकारण कपिलवस्तुमा एक वर्षमा ११ एचआईभी संक्रमितको मृत्यु

अपि टाइम्स

कपिलवस्तु ।कपिलवस्तुमा एक वर्षको अवधिमा ११ जना एचआईभी संक्रमितको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०र८१ मा ८ जना पुरुष र ३ महिला संक्रमितको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तु अस्पतालको एआटी सेन्टरको रेकर्डमा रहेका ७ र महाराजगंज एआटी सेन्टरको रेकर्डमा रहेका ४ जनाको मृत्यु भएको हो ।

एआरटी सेन्टरमा सम्पर्कमा नहरेको, औषधि सेवनमा लापरवाही लगातयका कारणले उनीहरुको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन माहोम्मद ईरफान खाँले बताए । जिल्लामा हालसम्म १४७ जना एचआईभी संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

एआटी सेन्टर तौलिहवामा ७८७ र महाराजगंजमा १५० जना एचआईभी संक्रमितको दर्ता छ । तर तौलिहवामा ४८९ र महाराजगंजमा ११७ जनाले मात्र एआरटी खाने गरेको रेकर्ड छ । ९२ जना सम्पर्कविहीन भएर औषधि समेत खान छाडेका छन् । उनीहरुको खोजी गरिए पनि सम्पर्कविहीन अवस्थामा रहेकोले समस्या परेको उनले खाँले बताए ।

संक्रमितहरुको उपचार, परिक्षण औषधि सबै निःशुल्क छ । तर अझै पनि हेयभाव, भेदभाव र डरले धेरै संक्रमितहरु खुल्न नसेककोले समस्या परेको खाँले बताए । उपचारका लागि कपिलवस्तु अस्पताल र महाराजगंजमा एआटी सेन्टर संचालित छन् । सिडीफोर काउन्ट रगत परीक्षण, चाहिने औषधिहरु सेन्टर मै उपलब्ध हुने गरेको तौलिहवा एआरटी सेन्टरकी परामर्शदाता जरिना खातुनले बताइन् ।

‘हामीले यहीँबाट सबै सेवाहरु दिने गरेका छौं, उपचारमा आउने कतिपय संक्रमितहरु लामो सयम देखि सम्पर्कविहीन छन् । जसले गर्दा उनीहरुको ज्यान जोखिमा परेको छ’ उनले भनिन ‘फेला परेका संक्रमितहरु समेत उपचारमा लापरवाही गर्दा समस्या आएको छ’ । जिल्लामा ८२७ जना संक्रमित रहेको दर्ता छ तर ६०६ जनाले मात्र एआटी खाने गरेका छन् । जिल्ला एड्स समन्वय समितिले जिल्लामा कुल एक हजार ६ सय संक्रमितहरु रहेको अनुमान गरेको छ ।

जिल्लाका रोजगारीका लागि भारत गएका थुप्रै मानिसहरु रहेकोले अनुमानित संख्याभन्दा बढी संक्रमित हुन सक्ने स्वास्थ्यर्मी बताउँछन् । फेला परेका ९० प्रतिशत बढी रोजगारीका लागि भारत गएका बेला असुरक्षित यौन सम्पर्क गरेपछि संक्रमित भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन मोहोम्मद ईरफानले बताए । त्यही संक्रमित श्रीमानबाट आफनो श्रीमतीमा रोग सरेको उनले बताए । आफूहरुमाथी अझै दोस्रो दर्जाको व्यक्ति जस्तै व्यवहार हुने भएकोले धेरै खुल्न नचाहेको संक्रमितहरु आफैं बताउँछन् ।

स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले समाजका लुकेर बसेका संक्रमितहरुलाई स्वास्थ्य परिक्षणका लागि सहजस्थिति बनाइएको बताए । ‘अझ पनि थुप्रै संक्रमितहरु लुकेर बसका छन् । यो समस्याको विषय हो सबै सरोकारवाला यस विषयमा गम्भीर हुनुपर्छ’ उनले भने ।

सक्रिय सेवा समाजकी टिम लिडर सुशीला बेल्बासेले संक्रमितहरुलाई पहिलेको भन्दा अहिले उपचार, परामर्श लगातयका धेरेै सहजता आएको बताईन । तर पनि अझै धैरे संक्रमितहरु स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहनु चिन्ताको विषय रहेको उनले बताईन् ।

जिल्लामा चलायमान समूह ७० हजार, यौनकर्मी चार सय, यौनकर्मी ग्राहक एक हजार सात सय, लागूऔषध प्रयोगकर्ता तीन सय रहेको अनुमान गरिएको छ । जिल्लाबाट रोजगारीका लागि तेश्रो मुलुक समेत गएका छन् । जसले गर्दा पनि जिल्लामा संक्रमितहरुको संख्या बढी हुने अनुमान गरिएको छ ।