मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमानमा मिस एप्रोच र ओभरसुट भनेको के हो ?

विमानमा मिस एप्रोच र ओभरसुट भनेको के हो ?

अपि टाइम्स

काठमाडौँ । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ ।

फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।

‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर (एटीससी)का अनुसार अनस्टेबल एप्रोच’ भएपछि विमानले ओभरसुट गरेको हो ।

विमान क्षेत्रका जानकारका अनुसार मिस एप्रोच भनेको सही बाटो चिन्न नसक्नु हो । विमान धावनमार्गमा आइपुग्दा पनि ल्यान्ड हुन नसकेपछि यस्तो ओभरसुट गरिन्छ । भिजिबिलिटी कम भयो भने, हावाको वेग बढी भयो भने, रनवेमा केही चिज देखियो भने पाइलटले अवतरणको जोखिम लिंदैन र ओभरसुट गर्छ ।

ओभरसुट हुँदा प्रायः दुर्घटना हुने सम्भावना बढ्छ । त्यसैले ओभरसुटलाई ओभर रन पनि भन्न सकिन्छ । जहाज एयरपोर्टमा ल्याण्ड गर्दा रनवेको किनारमा पनि नरोकी अझै अगाडि गुड्यो भने यसलाई ओभरसुट भनिन्छ ।

ओभरसुट भएपछि जहाज एयरपोर्टको सीमावाबाट बाहिर जान सक्छ । यस्तो अवस्थामा जहाज मैदान, डाँडा, पानी वा सडकमा पुगेर दुर्घटना हुन्छ । त्यसैले ओभरसुट निकै जोखिमपूर्ण हुन्छ ।
एयरपोर्टको रनवेमा जहाज सुरक्षीत अवतरण गर्नका लागि र जहाज रोकिनका लागि पनि निश्चित मार्किङ गरेको हुन्छ । जहाज ल्याण्ड गर्ने क्रममा रोकिनु पर्ने मार्कमा नरोकिइ अगाडि बढेमा त्यसलाई ‘रनवे ओभरसुट’ भन्ने गरिन्छ ।

उड्डय क्षेत्रमा प्राय भइरहने सामान्य घटना गोअराउन्ड हो । जहाज रनवेसँग अलाइन नभएमा, अवतरण गर्न आवश्यक उचाइ कम वा बढी भएमा या अन्य केही प्राविधिक कारणले एयरपोर्ट नजिक आएर पनि ल्याण्ड गर्न नसक्ने अवस्था आउँदा गोअराउण्ड गर्नु पर्ने हुन्छ ।