मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डेरामा अचेत भेटिएका गायक प्रकाश तिमिल्सिनाको निधन

डेरामा अचेत भेटिएका गायक प्रकाश तिमिल्सिनाको निधन

अपि टाइम्स

काठमाण्डौ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । हिजो बेलुका ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका उहाँलाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पुर्‍याएका थिए । तर डाक्टरले मृत घोषणा गरे । तिमिल्सिनाको शव अहिले बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए ।

तिमिल्सिनाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएका छन् । सुनसरीका स्थायी बासिन्दा तिमिल्सिना गायन प्रतियोगिताुनेपाली ताराु मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । उनका प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊु, तिम्रो हातको सिन्दूरु,नमान लाज यसरीु, तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे मु, नआए नि हुन्थ्यो, लगायतका गीत छन् । उनले बाल्यकालमै आँखाको ज्योति गुमाएका थिए ।

गायक तिमिल्सिनाको निधनमा सङ्गीतकर्मी, शुभेच्छुक, सर्वसाधारणलगायतले सामाजिक सञ्जालमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । सङ्गीतकर्मी टीका भण्डारीले ुकोशीमा बाढी आउँदा २०४५ सालमा तिमी बाँच्यौं अनि नेपाली सङ्गीतमा धेरै गर्‍यौ भनेर लेखेका थिए । भण्डारीका अनुसार यो घटना हुँदा तिमिल्सिना नौ महिनाका थिए ।