मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्ने एमपक्सको प्रकोप, स्वास्थ्य आपत्काल घोषणा

अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्ने एमपक्सको प्रकोप, स्वास्थ्य आपत्काल घोषणा

अपि टाइम्स

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले अफ्रिकाका केही भागहरूमा मंकीपक्स एमपक्स प्रकोप फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ।

अत्यधिक संक्रामक रोग मानिने मंकीपक्सले कंगोमा प्रारम्भिक प्रकोपको क्रममा कम्तीमा ४५० जनाको मृत्यु भएको छ।यो अब मध्य र पूर्वी अफ्रिकामा फैलिइरहेको बीबीसीले उल्लेख गरेको छ ।

वैज्ञानिकहरूले यस रोगको नयाँ भेरियन्ट छिटो फैलिरहेको र यसको उच्च मृत्यु दरका कारण चिन्ता व्यक्त गरेका छन् ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेकाले यसलाई ुधेरै चिन्ताजनकु अवस्था भनेका छन् । ुयो प्रकोप रोक्न र जीवन बचाउनको लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक छु, उनले भने।

एमपक्स यौन सम्पर्क, छालादेखि छाला सम्पर्क र अर्को व्यक्तिसँग कुरा गर्दा वा सास फेर्दा पनि सर्नसक्छ ।यसमा फ्लू जस्ता लक्षणहरु देखिन्छन् । छालामा घाउहरू हुन्छन् । यो रोगबाट मृत्युको अनुपात १०० मा चार छ ।

नेपालमा पहिलो पटक २०८० को असारमा एमपक्सको संक्रमण पुष्टि भएको थियो । नेपालमा रहेकी एक विदेशी महिलामा उक्त संक्रमण देखिएको थियो ।

के हो मंकीपक्स ?

बिफर रोग लाग्ने प्रजातिको भाइरसबाटै मंकीपक्सको संक्रमण हुने गर्छ । मंकीपक्सले कमैलाई मात्र गम्भीर बिरामी बनाउने बताइएको छ । एमपक्स रोग मानिसबाट मानिसमा वा जनावरबाट मानिसमा सर्दछ ।

सन् १९८० मा बिफरको उन्मूलन र विश्वव्यापी बिफर खोपको अन्त्यपछि मंकीपक्स मध्य पूर्वी र पश्चिम अफ्रिकामा निरन्तर रूपमा देखा परिरहेको छ र सन् २०२२ ( २०२३ मा यसले विश्वव्यापी प्रकोपको रुप लिएको थियो । यस भाइरसको प्राकृतिक भण्डार अज्ञात छ । तर विभिन्न साना स्तनपायीहरू जस्तै लोखर्के र बाँदरहरू यस रोगका लागि संवेदनशील हुन्छन् ।