मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आँबुखैरेनी बस दुर्घटनाः १४ को मृत्यु, १६ जना घाइते, हेलीकप्टरबाट उद्धार जारी

आँबुखैरेनी बस दुर्घटनाः १४ को मृत्यु, १६ जना घाइते, हेलीकप्टरबाट उद्धार जारी

अपि टाइम्स

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ ।

त्यस्तै १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको डीएसपी थापाले जानकारी दिए । शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा अन्दाजी ४० भारतीय पर्यटक रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन ।

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । बस मर्स्याङ्दी नदी किनारमा पल्टिएको अवस्थामा रहेको छ । नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए ।