मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले बाणगंगा अधिवेशनः मन्त्री अधिकारीले मर्यादामा बस्ने भनेर कसलाई भने ?

एमाले बाणगंगा अधिवेशनः मन्त्री अधिकारीले मर्यादामा बस्ने भनेर कसलाई भने ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर १ का सांसद तथा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बाणगंगामा सहमतिबाट नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएका छन् ।

आज सुरु भएको दोश्रो नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेतरहेका मन्त्री अधिकारीले नगरको नेतृत्व चयन सहमतिबाट हुँदा राम्रो हुने बताए ।

पार्टीमा लागेका सबैको नेतृत्वमा पुग्ने चाहाना रहने हुँदा यसलाई अन्यथा लिन नहुने उनको भनाई छ । नेताहरुमा सहमति भए सर्वसम्मत र सहमति नभए चुनाव मार्फत् नेतृत्व चयन गर्ने पार्टीको विधान रहेकाले सो अनुसार गर्न नेता कार्यकर्तालाई उनको सुझाव छ ।
‘चाहाना र इच्छा नेतृत्वमा पुग्न पार्टीमा लागेका सबैको हुन्छ । तर पनि जसले पार्टीमा बढी योगदान दिएको छ उसलाई चिन्नुपर्दछ । त्यहि अनुसार गर्न प्रतिनिधिलाई सुझाउँछु’, उनले आसय राखे ।

उनले नेतृत्व चयन गर्ने क्रममा कसैले पनि पार्टीको मर्यादा भुल्न नहुनेसमेत बताए । मर्यादा शब्द उच्चारण गरे पनि उनले कस्तो खालको मर्यादा भन्ने मन्त्री अधिकारीले केहि स्पष्ट पारेनन् । तथापि शीर्ष नेतृत्व चयनमा ठुला भनिने नेताहरु कसैले पनि कसैलाई नबोकेर प्रतिनिधिलाई स्वतन्त्र छाडिदिनु पर्छ भन्ने उनको आसय रहेको बुझ्न सकिन्छ ।

आफ्नो नेता छान्न वडावडाबाट चुनिएर आएका प्रतिनिधिलाई स्वतन्त्र नछाडी ठुला भनिने नेताले बोकेर हिँड्दा समस्या हुने भन्दै उनले यसो गर्न नहुने अर्थमा मर्यादामार्फत् इंगित गरेको एक नेताले बताए ।

एमाले बाणगंगाको अवस्था हरेर प्रतिपक्षीले रणनीति बनाउने भन्दै सुझबुझका साथ नेतृत्व छान्नु पर्नेमा उनको जोड छ । बाणगंगा राम्रो बन्दा यसको असर जिल्लाभर पर्ने मन्त्री अधिकारीले दावी गरे ।

निकै छोटो सम्बेधन गरेका उनले फरक प्रसंगमा कपिलवस्तुमा इतिहासकै धेरै बजेट आएको सुनाए । कपिलवस्तुका यसपटक प्रदेश र संघबाट इतिहासकै बजेट आएको बताउँदै उनले त्यसको लिस्ट निकालेर नेताकार्यकर्ताहरु सो कुराको जानकारी लिएर जनजनमा जानु पर्ने भनाई राखेका थिए ।

गाउँठाउँबाट जनताले चुनेर पठाई मन्त्री पनि बनिसकेको हुँदा आफ्नो क्षेत्रको विकासमा बारे जनतामा जिज्ञासा रहनु स्वभाविक रहेको भन्दै उनले नियम र परिधिभित्र आफू रहेको कुरा बुझ्न पनि आग्रह गरेका छन् । मन्त्री भइसकेपछि नियम र परिधिभित्र रहनुपर्ने भएकाले भनेजस्तो सजिलो भने नभएको उनको भनाई छ । ‘जे भए पनि यसपटक कपिलवस्तुमा इतिहासमै धेरै बजेट आएको छ’, उनले भने, ‘यसको ब्यापक प्रचार गरौँ ।’