मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छोटो समयमै सयपत्रीको उडान ‘नेपाल तृतीय’, बेल्बासेसहितलाई सम्मान

छोटो समयमै सयपत्रीको उडान ‘नेपाल तृतीय’, बेल्बासेसहितलाई सम्मान

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । वि.सं. २०८० सालको वि.वि.एस.दोस्रो वर्षको परीक्षामा नेपाल तृतीय भएका सयपत्री क्याम्पसका छात्र आशिष बेल्बासेसहित उत्कृष्ट विद्यार्थीहरुलाई भव्य कार्यक्रमबीच सम्मान गरिएको छ । कपिलवस्तुको बाणगंगास्थित क्याम्पसबाट परीक्षा दिएका बेलबासेले ८०.८ प्रतिशत अंक प्राप्त गरी नेपाल तृतीय भएका थिए । ७२.८ प्रतिशत हासिल गरेकी छात्रा एलिजा खत्री, ७०.६ प्रतिशत अंक ल्याउन सफल सृष्टि सुवेदी पनि सोही अवसरमै दोसल्ला, नगद र सम्मान पत्रले सम्मानित भएका थिए । यस्तै प्रथम श्रेणी हासिल गरेका नेहा पाण्डे (६७.२) र आशिष पाण्डे (६५) लाई पनि सम्मान गरिएको थियो ।

बेलबासेलाई भने क्याम्पसले नगद २० हजारले सम्मानित गरेको थियो । सोही अवसरमा उत्कृष्ट नतिजा दिलाउन मिहिनेत गर्ने प्राध्यापकहरुलाई पनि नगद, दोसल्ला, सम्मानपत्रले सम्मान गरिएको थियो । नेपाल प्रथम र द्धितीय हुने विद्यार्थी काठमाडौँ उपत्यकाका रहेकाले बेलबासेको अंक उपत्यका बाहिर प्रथम रहेको क्याम्पसको दावी छ ।

२०७६ त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको क्याम्पसले अहिले स्नातक तहमा वि.वि.एस.कार्यक्रम संचालन गरिरहेको छ । यो छोटो समयमै पटकपटक जिल्ला प्रथम हुनु र अहिले नेपाल तृतीय हुनुलाई शिक्षा क्षेत्रका ब्यक्तिले सयत्रीको छोटो समयको तीव्र उडान भएको भन्दै प्रसंसा गर्न थालेका छन् ।

कार्यक्रमको अवसरमा प्रमुख अतिथि रहेका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले सयपत्री क्याम्पसको खुलेर प्रसंसा गरे ।
सयपत्रीको सफलताले सिंगो कपिलवस्तुको गरिमा बढाएको शिक्षा प्रेमीसमेत रहेका अर्यालको भनाई छ । प्रमुख जिल्ला अधिकारीले कार्यक्रममा विद्यार्थीमा देखिएको खुसीले आफ्नो आँखा रसाएको समेत बताए ।

उनले भनेका थिए, ‘यो कार्यक्रम र विद्यार्थीको सफलताले बसिरहेको म खुसीले गदगद् थिएँ । झण्डै आँखाबाट खुसीका आँसु खसे । सफल विद्यार्थी, क्याम्पस परिवार, शिक्षक र अभिभावकलाई कस्तो भए होला ?’

अर्यालले सयत्रीको नतिजाले अन्य शैक्षिक संस्थालाई पनि प्रेरणा थपेको बताए । सयपत्रीको नतिजा उत्कृष्ट भए पनि समग्रमा कपिलवस्तु सामाजिक र शैक्षिक रुपमा पछि परेको उनले बताए । सबै मिलेर कपिलवस्तुको शिक्षा र सामाजिक स्थितिलाई माथि उठाउनु पर्ने उनको भनाई छ ।

क्याम्पस प्रमुख बासुदेव घिमिरे यस नतिजासंगै सयपत्री क्याम्पस अब बाणगंगाबासीको मात्र नभएर कपिलवस्तु जिल्लाकै भएको बताए । अबको यात्रा नेपाल प्रथम रहेको भन्दै त्यसै अनुसार मिहिनेत गर्न विद्यार्थी र शिक्षकलाई अनुरोध गरे ।

होराइजन स्कुल र सयत्री क्याम्पस यस क्षेत्रको ब्राण्ड बनेको उनले बताए । क्याम्पसले अब गुणस्तरीय शिक्षा प्रदानसंगै सिपमुलक शिक्षामा जोड दिने उनको भनाई छ । क्याम्पसबाट विद्यार्थी पासआउट हुँदा केहि न केहि सिप हासिल गरेर निस्कने गरी आफूहरुले तयारी गरेको जानकारी दिए ।

क्याम्पसका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजुले यस नतिजाले आफू खुसी रहेको भन्दै ्नेपाल प्रथमको मिसनमा लाग्न सबैलाई आग्रह गरे । बेलबासे लगायतका विद्यार्थीको नतिजा मुलुकले गर्व खालको रहेको उनको दावी छ ।

कतिपय साथीले क्याम्पस सुरु गरौँ भन्दा नचल्ने भनेर डराएको स्मरण गर्दै अध्यक्ष ध्वजुले निरन्तरका अब्बल नतिजाले क्याम्पस कपिलवस्तु जिल्लाकै उत्कृष्ट र केन्द्र बन्दा सबैमा खुसी थपिएको बताए ।

क्याम्पसले ७७ सालदेखि बिभिन्न परीक्षामा पटकपटक कपिलवस्तु प्रथमको नतिजा हासिल गरिरहेको प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरेको दावी छ । नतिजाबाट आफूहरु उत्साहित भएको उनले बताए ।

२ सय बढी विद्यार्थी र विद्यालयका संचालकको सहभागिता रहेको कार्यक्रमको संचालन प्राध्यापक मोहन अर्यालले गरेका थिए भने प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरेले स्वागत मन्तव्य राखेका थिए । नेपालको देशप्रेम र संस्कृति झल्कने खालका विद्यार्थीको सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा मनोरञ्जन थपेको थियो ।