मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले वाणगंगाको अध्यक्षमा २ र उपाध्यक्षमा ३ जनाबीच चुनाव, आजै नतिजा

एमाले वाणगंगाको अध्यक्षमा २ र उपाध्यक्षमा ३ जनाबीच चुनाव, आजै नतिजा

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर ।

सहमति टरेपछि एमाले बाणगंगामा ३ बर्षे कार्यकालको लागि चुनावबाटै नेतृत्व आउने भएको छ । रातभर नेताहरुले सहमति गरेको प्रयास गरे पनि उम्मेदवारहरुले आआफ्नो अडान नछाडेपछि चुनाव हुने भएको हो । अहिले चुनावी प्रकृया सुरु भएर मनोनयन पनि भइसकेको छ भने उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशन भइसकेको छ ।

एमाले नेता विष्णु गिरीका अनुसार आज विहान १० बजेदेखि चुनाव हुने छन् । गिरीका अनुसार उपसचिव र महिला उपसचिव निर्विरोध निर्वाचित भइसकेका छन् । सचिवमा चेतनारायण भण्डारी निर्विरोध हुँदा महिला उपसचिवमा लक्ष्मी चौधरी पनि निर्विरोध चयन भएकी हुन् ।

अब अध्यक्ष, उपाध्यक्ष र उपसचिव पदको चुनाव हुने गिरीले बताए । गिरीका अनुसार अध्यक्ष पदमा सुरुमा ४ जनाको चर्चा भए पनि अन्तिममा २ जना मात्रै चुनावी मैदानमा खडा छन् ।

वडा नम्बर ४ गजेहडा निवासी मदन शाही र वडा नम्बर ११ ओदारी निवासी सोमनाथ अर्यालबीच अध्यक्ष पदको लागि प्रतिस्पर्धा हुने छ । यस्तै उपाध्यक्ष पदको लागि ३ जनाबीच प्रतिस्पर्धा हुन लागेको निर्वाचन मण्डलले जनाएको छ । निर्वाचन मण्डलका अनुसार चार नम्बरबाट भीम बहादुर थापा, ९ नम्बरबाट ध्रुव बेलबासे र ५ नम्बर वडाबाट बाबुराम अर्यालबीच प्रतिस्पर्धा हुने छ । यस्तै उपसचिवमा पनि ३ जनाको उम्मेदवारी परेको छ ।

जसमा जगत राज रेग्मी, खगेन्द्र घिमिरे र हरि शंकर पौडेल भीँड्न लागेका छन् ।दउसोसम्म मतदान सकेर आजै नतिजा निकाल्ने गरी तयारी भइरहेको गिरीले बताए । उनका अनुसार अहिले बुथ निर्माण लगायतको कार्य भइरहेको छ ।